बिश्वास सम्बादाता 

कलैया,जेष्ठ ४

राष्ट्रिय चिकित्सक संघ नेपालकाे मधेस प्रदेशकाे नेतृत्व डा. नौशाद हकले गर्ने भएका छन । संघको नयाँ कार्य समिति चयनका लागि जनकपुरमा शनिबार सम्पन्न प्रथम प्रादेशिक अधिवेशनबाट अध्यक्षमा जेनेरल सर्जन डा.हक सहित १६ सदस्यीय कार्यसमिति चयन भएको छ । डा. हक वीरगन्जका हुन् भने उनी बाराको सदरमुकाम कलैयामा रहेको चर्चित डा. कमरुलहक मेमोरियल अस्पतालका सन्चालक हुन । नेपालकै चर्चित चिकित्सक स्वर्गीय डा.कमरुलहकका उनी जेठा छोरा हुन । हक नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव समेत हुन ।

कार्यसमितिको उपाध्यक्षमा डा.गंगारमा खर्ग र डा. कृष्णा महर्जन, सचिवमा डा.आशिक झा,उप-सचिवमा डा. अवधेश मण्डल र महिला उप-सचिवमा डा. रमिता यादव चयन भएकी छन् । त्यस्तै कोषाध्यक्षमा डा. दिपक चौरसीया चयन भएका छन् ।

सदस्यहरुमा डा.विशाल शर्मा, डा. अमरेस यादव, डा.फणिन्द्र अधिकारी, डा. विमल कुमार यादव, डा. केसर बहादुर साह, डा. राजेस नायक, डा. शैलेन्द्र साह, डा.राम प्रताप साह, डा. गंगा प्रसाद यादव, डा. मोस्तिकिम मन्सुर, डा. ओम प्रकास कुसवाहा, डा. सुरेन्द्र यादव, डा.वेद प्रसाद कुसवाहा, डा.उमेश कुमार कुसवाहा, डा. सुधिर यादव, डा. विरेन्द्र साह, डा. पंकज साह र डा. एराज खान चयन भएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर