
साजिर मन्सूर
कलैया,जेष्ठ ५
बारा जिल्लाभर निरन्तर भैरहेको बिधुत अवरोध हुदा सेवा समस्या समधानका लागी प्रजिअ वसन्त अधिकारीको पहलमा सरोकारवाला सङ्ग सहजीकरण तथा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा बाराका सबै दलका अगुवा नेता जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बारामा लामो समयदेखि चलिरहेको विद्युत सेवासम्बन्धी समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी को पहलमा सरोकारवाला निकायहरूसँग सहजीकरण तथा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल विद्युत प्राधिकरण, स्थानीय तहका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ, उपभोक्ता समिति, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारीले विद्युत आपूर्तिमा देखिएको अव्यवस्था, ट्रान्सफर्मर र तारहरूको समस्या, लोडसेडिङको सम्भावना, अवैध विद्युतीय जडान तथा उपभोक्ताको गुनासोका विषयमा छलफल गरिएको छ। उनले सबै पक्षको सहकार्यबिना समस्या समाधान सम्भव नरहेको उल्लेख गर्दै शीघ्र कार्ययोजना बनाउन निर्देशन दिईएको छ।उनले काम नगर्ने ठेकेदारलाई थुन्ने बताएका छन । बिधुत कार्यालयमा फोन जादा नउठाउने गलत प्रवृत्तिको अन्त्य गर्न बताए ।
नेपाल विद्युत प्राधिकरण कलैया बितरण केंद्रको प्रमुख ईन्जिनियर हिमान्शु कुमार यादवले बारामा बढ्दो जनसंख्या र औद्योगिक विस्तारसँगै विद्युत माग अत्यधिक बढेको बताउँदै नयाँ संरचना निर्माण र सुधारका लागि योजना अघि बढाइएको जानकारी दिए। उनले पिलुवाको आदर्श चौकमा स्थानिय वडा अध्यक्षको हठले ३३ केभी लाईनको प्रसारण सुचारु नहुदा कलैयामा समस्या आएको बताए ।
कलैयाका मेयर बिनोद साहले कलैया उपमहानगर भित्र बिधुत प्रसारणका लागि आवस्यक सबै सहयोगमा हामी तम्तयार रहेको बताए ।
नेकपा एमाले बाराको अध्यक्ष अध्यानन्द पान्डेले ठेकेदार र बिधुत प्राधिकरण ले समय बढाएर ठेक्का को रकम बढाउने चलखेल भएको लागेको बताए । बाराको कुनै स्थानमा बिधुत अवरोध भयो भने अब जनता चुप लागेर नबस्ने बताए । बिधुत प्राधिकरणले डिपिआर पारदर्शी गरेर काम नगरेको प्रती जनता दुखित भएको बताए । बारामा अहिलेका सिडिओ अहोरात्र खट्ने पाएकाले हामिले वहासङ्ग मिलेर सबै समस्या गर्नुपर्ने मा जोड दिए । पाण्डेले जनताको खुन पसिनाको ट्याक्सको पैसाले तलब खाएका तपाईहरु जनता प्रती बफादार नबन्ने भन्ने प्रश्न गरे । पाण्डेले बिधुतको गाडी नै जनताले घेर्ने भनिरहेको बताए । उनले जति कराएपनी केवल यहाका जनतालाई प्राधिकरणले झुक्याईरहेको बताए ।
रास्वपा बाराका सभापति चन्दन स्वर्णकारले बिधुतले स्थानिय सङ्ग सहयोग मागेर काम नगरेको प्रति दुख ब्यक्त गरे ।
पचरौता नगरपालिकाका पुर्व मेयर तथा जसपा नेपाल बाराको अध्यक्ष रमेश यादवले अहिलेका बिधुत प्राधिकरण कलैयाका हाकिमले यसको जिम्मेवारी लिनुपर्ने बताए । नागरिकले शुल्क दिएर पनि सेवा नपाउनु अत्यन्तै गलत र यो अपराध भएको बताए ।
नेमकिपा बाराका अध्यक्ष मुक्ती यादवले राज्यको गलत नियमका कारण ठेकेदारले समयमा काम नगर्दा प्रत्येक बर्ष १० प्रतिसत पैसा थपेर अझ उनीहरुको मनोबल बढाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
माओवादी केन्द्रका उमेश यादवले अहिलेका सबै बिधुत प्राधिकरणका आएका कुरा गैरजिम्मेवार भएको बताए । काम नगर्ने उपर कडा रुपमा प्रस्तुत हुन बताए ।
नेपाल बिधुत प्राधिकरण कलैयाका ईन्चार्ज दिपेन्द्र साहले कलैया बितरण केन्द्रमा २८ मेगावाट को माग रहेको तर १४ मेगावाट हाराहारीमा मात्र आपूर्ति भैइरहेको बताएका छन ।
स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका समस्याहरू उजागर गर्दै आवश्यक स्थानमा ट्रान्सफर्मर थप, मर्मत कार्य छिटो गरिनुपर्ने माग राखे। उद्योग वाणिज्य संघका प्रतिनिधिले नियमित विद्युत आपूर्तिको माग गर्दै विद्युत समस्याले उद्योग व्यवसाय प्रभावित भएको गुनासो गरे।
बैठकले सबै सरोकारवालाबीच सहकार्य गर्दै विद्युत सेवामा देखिएका समस्या समाधान गर्न छुट्टै कार्यदल गठन गर्ने, समस्याको सूचीकृत विवरण तयार पार्ने, र छोटो तथा दीर्घकालीन योजनाहरू निर्माण गर्ने निर्णय गरेको छ।