सिकेन्द्र पासवान

बारा ६ जेठ 

महागढीमाई नगरपालिकाको कर्मचारी पदपुर्ती समितिका पुर्व संयोजक तथा नगर  शिक्षा समितिका प्रमुख सल्लाहकार  कालिकानन्द ठाकुरको निधन भएको छ ।

उनको उपचारको क्रममा बिरगंजमा सोमवार निधन भएको मृतक ठाकुरको छोरा सन्तोष ठाकुरले जानकारी दिए ।  शिक्षा पेशाबाट अवकास प्राप्त शिक्षक ठाकुरको ७० बर्षको उमेरमा ब्रेन हेमरेज भएर ज्यान गएको हो ।

उनको पार्थिव शशिरमा महागढीमाई नगरपालिकाका नगरप्र्मुख उपेन्द्र यादव र नेपाली काँग्रेसका जिल्ला सचिव राजेश रौनियार लगायतका नेताहरुले लक्षमिनिया घाट स्थित पसहा खोलामा नेपाली काँग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्राद्धञ्जली अर्पण गरेपछि दाह संस्कार गरिएको थियो ।

ठाकुरको मृत्युले महागढीमाई नगरपालिकाले एक अभिभावक गुमाएको नगरप्रमुख यादवले भने । स्वः ठाकुर प्रति हार्दिक श्राद्धञ्जली अर्पण गर्दछु र परिवारजनमा गहिरो सम्वेदान समेत प्रकट गर्दछु नगरप्रमुख यादवले भने ।

एउटा अभिभावक गुमाएको पडिा कति असहय हुन्छ यो सबैलाई थाह भएको कुरा हो । आज म निकै दुखी भएको छु भन्दै नगरप्रमुख यादवले महागढीमाई नगरपालिकामा ठाकुरले दिएको योग्दान सधैव सम्झी रहनेछु उनले भने ।

ठाकुरले देखाएको असल मार्गमा हामी सबै हिडन सके मात्र उनी प्रति सच्चा श्राद्धञ्जली अर्पण हुनेछ नगरप्रमुख यादवले बताए । शिक्षा सेवाबाट अवकास भएपनि महागढीमाई नगरपालिकामा शिक्षाको क्षेत्रमा देखाएको उल्लेखनिय कामहरु गरेर शिक्षा क्षेत्रमा ब्याप्क सुधार ल्याएको स्मरण  नगरप्रमुख यादवले गरेका  थिए ।

 

ठाकुरको योग्दानको कदर गर्दै महागढीमाई नगरपालिकाले जेठ ७ गते स्वास्थ्य संस्था बाहेकका सबै कार्यालयहरुमा १ दिनको शोक बिदा दिएको नगरप्रमुख यादवले जानकारी दिए । यता नेपाली काँग्रेस पार्टीका बारा जिल्ला सचिव राजेश रौनियारले ठाकुरको निधनले पार्टीलाई अपुरनिय क्षति भएको जनाएको छ । उनले बाचुन्जेल्ल पार्टी प्रति निष्ठावान भई हरेक गतिविधीमा सक्रिय भुमिका निर्वाह गर्दै आएको थिए रौनियारले बताए

हिन्हु परम्परा अनुसार ठाकुर दाह संस्कार गरिएको छ । उनको २ छोरा, २ छोरी र श्रीमति रहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर