
साजिर मन्सूर
कलैया, जेष्ठ ७
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष हरिदेव खरेलको अवरोधका कारण समग्र जिल्लामा विद्युत् प्रसारण ठप्प हुँदै आएको छ। नेपाल विद्युत् प्राधिकरण कलैया बितरण केंद्रका अनुसार वडा अध्यक्ष खरेलले आफ्नो व्यक्तिगत जग्गामा विद्युतीय पोल गाड्न र तार तान्न नदिएपछि ३३ केभी नयाँ लाइन विस्तार कार्य रोकिएको हो।
विद्युत् प्राधिकरण कलैयाका प्रमुख ईन्जिनियर हिमान्सु कुमार यादवका अनुसार, “जिल्लामा लोड व्यवस्थापन तथा आपूर्ति सहज बनाउने उद्देश्यले नयाँ ट्रान्समिसन लाइन विस्तार भइरहेको थियो, तर उक्त क्षेत्रमा पोल गाड्न वडा अध्यक्षले नदिदा कार्य अगाडि बढ्न सकेको छैन। यसले सदरमुकाम सहित धेरै क्षेत्रहरू अन्धकारमा डुबेका छन्।”
प्राधिकरणका अनुसार वार्ता र समझदारीका थुप्रै प्रयासहरू गरिए पनि वडा अध्यक्ष खरेलले अनुमति नदिएपछि काम पूर्णरूपमा अवरुद्ध भएको हो। उनले ३३ केभिको पिलुवा देखि कलैया सम्म १८ किमि मध्ये सबैमा पोल गाडी तार तानिएको तर जितपुर सिमरा उपमहानगरपालिका १६ मा पर्ने आदर्श चोक निरको करिब १०/१३ पोलमा वडा अध्यक्षलए तार तान्न नदिदा काम पछिल्लो डेढ बर्षदेखी अवरुद्ध हुदा सरोकारवाला मौन बनेको पाईएको छ । तर पछिल्लो समय बाराका सिडिओको पहलमा काम अगाडी बढाईएको हो ।
सदरमुकाम कलैयाका बासिन्दाहरू सङ्गै अन्य छेत्रका जनताले यस अवरोधप्रति गहिरो चिन्ता व्यक्त गर्दै विद्युत् आपूर्तिमा तत्काल सुधारको माग गरेका छन्।
यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यो बिषयका बारेमा आफुले पनि पहल गरेको सर्वदलीय बैठकमा समेत वडा अध्यक्षले केही स्थानियलाई उचालेर काम अवरुद्ध गराएको बुझ्नमा आएकाले भोलिबाट काम सुचारु गर्न प्राधिकरणलाई भनेको र कोहि कसैले यसमा रोकावट गरे कानुन बमोजिम कार्वाही गर्ने बताएका छन । प्रजिअ अधिकारिले मुआब्जा लिने बिषयमा जे कुरा गर्ने हो त्यो प्रशासन कार्यालयमा आएर गर्न वडा अध्यक्षलाई भने तर काम अवरोध गरे बल प्रयोग गरेर भएपनी गरिने बताएका छन ।
नाम नबताउने शर्तमा सोही वडाको एक जना स्थानियले उनले मुआब्जा समेत लिएको र सोही ठाउमा मकै बाली लगाएर फेरि त्यसको छतिपुर्ती माग्ने योजनामा रहेको बताएका छन ।
यस विषयमा वडा अध्यक्ष हरिदेव खरेलको पक्ष लिन खोज्दा उहाँले टिप्पणी गर्न अस्वीकार गरेका छन्। उनले यसमा सत्यता नभएको र आफुलाई बदनाम गर्न खोजेको बताएका छन ।
प्राधिकरणले समस्या समाधानका लागि स्थानीय प्रशासनसँग सहकार्य गरी वैकल्पिक उपायहरू खोज्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
नेपाल बिधुत प्राधिकरण कलैयाका ईन्चार्ज दिपेन्द्र साहले कलैया बितरण केन्द्रमा २८ मेगावाट को माग रहेको तर १४ मेगावाट हाराहारीमा मात्र आपूर्ति भैइरहेको बताउदै आएका छन । उनले पिलुवा बाट आएका बिधुतले सदरमुकामको बिधुत समस्या समाधान हुने बिश्वास ब्यक्त गरेका छन ।