साजिर मन्सूर
कलैया,जेष्ठ ११
लिङ्ग पहिचानका आधारमा हुने गर्भपतनजस्तो गम्भीर सामाजिक विकृति विरुद्ध प्रचारप्रसार तथा जनचेतना अभिबृद्दी कार्यक्रम सम्पन्न भएको छ । बाराको कलैया स्थित करण राज प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्देश्य महिला र बालिका प्रति हुने लैङ्गिक विभेदको अन्त्य गर्दै समानताको प्रवर्द्धन गर्नु हो।
स्वास्थ्य कार्यालय बाराको आयोजनामा संचालित यस अभियान अन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, समुदाय र स्थानीय तहहरूमा लिङ्ग पहिचानका कारण गरिने गर्भपतनको नकारात्मक असरबारे जानकारी दिईएको हो। कार्यक्रममा सहभागीहरूलाई भ्रूणको लिङ्ग पहिचान गर्नेलाई कानुनी दण्डको प्रावधान, लैङ्गिक समानताको महत्त्व, र गर्भपतनले आमाको स्वास्थ्यमा पर्ने असरहरूबारे जानकारी दिइएको स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादवले जनाए ।
यादवका अनुसार “हामीले समुदायस्तरमै चेतना अभिवृद्धि नगरी यो समस्याको समाधान गर्न सक्दैनौं। महिला र पुरुष दुवैलाई समान अधिकार र सम्मान मिल्नुपर्छ भन्ने सन्देश दिन हामी कटिबद्ध छौं।”समाजिक बनौट लाई न्नै असर पार्ने गरि लिङ्ग पहिचान गरि भ्रुण हत्या भैरहेको भन्दै स्थानिय सरकार यो बिषयमा गम्भीर भएर लाग्नुपर्ने यादवले बताए ।
नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष प्रीयन्का दासले विभिन्न नारा, पोस्टर, सडक नाटक, रेडियो कार्यक्रम र सामाजिक सञ्जालमार्फत सन्देश फैलाउने कार्य गर्नुपर्ने बताएकी छन । दासले किशोरी तथा महिलाहरुलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा तालिम पनि आवस्यक भएको बताईन ।
नेपालमा अझै पनि छोरा रुचाइने प्रवृत्तिका कारण गर्भमा लिङ्ग पहिचान गरी छोरीको गर्भपतन गराउने घटनाहरू बढ्दै गएको प्रती चिन्ता ब्यक्त गरिएको छ । यसप्रति कडा निगरानी र सशक्त कानुनी कार्यान्वयनको आवश्यकता रहेको सरोकारवालाहरूको जोड छ।
स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव को अध्यक्षतामा भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख,निजि अस्पताल क्लिनिकका सन्चालक प्रतिनिधि,सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।
जनस्वास्थ्य अधिकृत भागिरथ चौधरीले सन्चालन गरेको कार्यक्रममा प्रशिक्षक रबि कुमार भास्करले सहजीकरण गरेका थिए ।







