साजिर मन्सूर 

कलैया,जेष्ठ १२

स्थानिय तहमा न्यायीक समितिका पदाधिकारी तथा कर्मचारीहरूको न्यायिक कार्य सम्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय द्वारा आयोजित “न्यायीक समितिका पदाधिकारी र कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम” आज सम्पन्न भएको छ।

 

कार्यक्रममा बाराका करिब ८० जना न्यायीक समितिका संयोजक, सदस्य र कर्मचारीहरूको सहभागीता रहेको थियो। १ दिने तालिममा न्यायीक प्रक्रियाको आधारभूत अवधारणा, स्थानिय तहमा समाधान गर्नुपर्ने विवादका प्रकृति, मध्यस्थता तथा मेलमिलाप प्रक्रिया, कानूनी लेखाजोखा तथा फैसला लेखन सम्बन्धी विषयमा विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।

 

कार्यक्रमको उद्घाटन गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले स्थानिय तहमा न्याय पहुँच पुर्‍याउन न्यायीक समितिको भूमिका अतुलनीय रहेको बताए। उनले भने, “समुचित तालिम, स्पष्ट प्रक्रिया र व्यवहारिक ज्ञान बिना न्यायीक समितिले अपेक्षित परिणाम दिन सक्दैन। यस कार्यक्रमले प्रतिनिधिहरूको क्षमतामा गुणात्मक सुधार ल्याउनेछ।”जसले दुर दराजका आम जनताले सेवा पाउने आफुले ठानेको बताए । कानुन मन्त्रालयले निशुल्क रुपमा प्रत्येक जिल्लामा फ्री मा मुद्दा लड्ने ब्यवस्थापन गरेको बताए । सबै पालिकाको गेटमा निशुल्क रुपमा मुद्दा लड्ने वकिलको फोटो र नम्बर राख्न गैरहेको बताए । आउने दिनमा कानुनमा के के संसोधन गरेर अझ उत्कृष्ट गर्न सकिन्छ त्यो बाटोमा अगाडि बढ्ने बताए । अब नेपालको कानुनमा अग्रिम जमानतको ब्यवस्थापन गर्न कानुन मन्त्रालय अगाडी बढेको बताए ।

समापन सत्रमा सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। कलैया उपमहानगरपालिका को उप प्रमुख रौशन प्रविणले “सामान्य विवाद समाधान गर्दा अब हामीलाई प्रक्रिया बुझ्न सजिलो भएको बताईन । उनले यो कार्यक्रमले आफुहरुमा उर्जा थपेको बताईन ।

 

जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले उपस्थितहरुलाई न्यायीक समितिका बारे प्रशिक्षण दिएका थिए । आचार्यले न्याय सम्पादन गर्दा स्वच्छता, निश्पक्षता‌को महत्वबारे उजागर गर्दै न्यायिक समितिका पदाधिकारीहरुले अवलम्बन गर्नपर्ने सिद्धान्त तथा व्यवहारीका साथ गर्न सुझाएका थिए । न्यायिक समिति बाट न्याय सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका बारे जान्कारी गराएका थिए ।

मन्त्रालयको सह सचिव उर्मिला जिसिको अध्यक्षतामा भएको कार्यक्रममा आदर्श कोत्वाल गाउपालिकाको अध्यक्ष जवाहर साह,काङ्ग्रेस बारा सचिव भैयाराम यादव,सह सचिव प्रमोद यादव,महागढिमाई नगरपालिकाको उप प्रमुख तारा देबि कानु,जितपुर सिमरा उपमहानगरपालिका को उप परमुख भोला अधिकारी,कोल्बी उप मेयर लक्ष्मी कुमारी चौधरी निजगढ उपमेयर सोममाया थिङ्ग,पचरौता उपमेयर नसिमा खातुन,सहित सरोकारवाला को उपस्थिति थियो ।

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शाखा अधिकृत भावना बर्णवालले सन्चालन गरेको कार्यक्रममा स्वागत महागढिमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर