बिश्वास सम्बादाता 

परवानिपुर,जेष्ठ १५

 गणतन्त्र दिवसको अवसरमा परवानिपुर गाउँपालिकाले नेपाली झन्डा तोलन गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री पटेल र उपाध्यक्ष सुगान्धी देबि र प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले संयुक्त रुपमा रगतको पोका दिएर कार्यक्रम को उदघाटन गरेका छन ।

गापा अध्यक्ष पटेलले समारोहको प्रमुख उद्देश्य रक्त अभावको समयमा सहयोग पुर्‍याउने र समुदायमा रक्तदानप्रति जनचेतना फैलाउने रहेको थियो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पटेलले राष्ट्रप्रतिको योगदान केवल भाषणमा नभई व्यवहारमै देखिनुपर्ने बताए। “गणतन्त्रको मर्म जनताको सेवा हो, रगत दान जस्तो मानवीय कार्य यसैको प्रतीक हो,” उहाँले भन्नुभयो।

त्यस्तै, उपाध्यक्ष सुगान्धी देवीले महिलाहरू पनि यस्ता सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताउँदै नियमित रक्तदानले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियारले रक्तदान कार्यक्रम अत्यन्तै पुणित कार्य भएको बताए । उनले आफुले पनि धेरै पल्ट रक्तदान गरिसकेको र यसले स्वस्थ हुनुको साथै मानसिक रुपमा पनि स्वस्थ बनाउने महसुस गरेको बताएका छन ।

 

स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, युवा स्वयंसेवक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। रक्तदानको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीको सहयोगमा गरिएको थियो।

परवानिपुर गाउँपालिकाको आयोजनामा भएको यो कार्यक्रमले स्थानीयस्तरमा नागरिक उत्तरदायित्व र सामाजिक सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा लेखा अधिकृत आयुष साह,उमेश गुप्ता,सन्देश पास्वान,अनिल कुमार श्रीवास्तव,जय कृष्ण मिश्र,अजय कुश्वाहा सहित ३० जनाले रक्तदान गरेको प्रमुख प्रशासकिय अधिकृत रौनियारले जानकारी गराएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर