बिश्वास सम्बादाता 

कलैया, १७ जेठ 

“बालबालिकालाई सुर्ती उद्योगको प्रभावबाट जोगाऔँ” भन्ने नारा सहित “सुर्तीजन्य उधोगको आकर्षक चाल,प्राणघातक असर चिरौ यो मोहजाल” भन्दै यो बर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाईएको छ ।

हरेक वर्ष मे ३१ तारिखका दिन मनाइने विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (World No Tobacco Day) आज नेपाल लगायत विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषाको आयोजनामा बाराको कलैयामा एक कार्यक्रम गरि स्वास्थ्य कर्मिहरुलाई जानकारी गराईएको छ ।

 

विश्व स्वास्थ्य संगठन (WHO) को पहलमा सन् १९८८ देखि प्रारम्भ गरिएको यस दिवसले सुर्तीजन्य पदार्थ सेवनका कारण हुने स्वास्थ्य जोखिम र सामाजिक-आर्थिक असरबारे जनचेतना फैलाउने उद्देश्य राखेको कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय जयस्वालले जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण झण्डै २९ हजार मानिसको मृत्यु हुने गरेको प्रादेशिक अस्पताल कलैयाको मेडिकल अफिसर डा.आलोक कुमार यादवले यस बारे सहजीकरण गर्दै भनेका छन । यो भनेको कुल मृत्यु को १ प्रतिशत हो । यसको प्रयोगलए क्यान्सर,मुटुरोग,स्वाश्प्रस्वास जस्ता रोगले मर्ने जनाइएको छ ।

बिषवमा ८० लाख मानिसको ज्यान गैरहेको कार्यक्रममा बताईएको छ ।

सहभागिहरुले युवावर्गमा सुर्ती सेवन बढ्दो क्रममा रहेको र त्यसले दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

 

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक  बिनोद यादवले आजको दिन प्रदेशभर विभिन्न विद्यालय, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र स्थानीय तहहरूले र्‍याली, कार्यशाला, पोस्टर प्रतियोगिता तथा नाटक जस्ता जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरि मनाउन आग्रह गरेका छन ।

कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाका मनोज यादवले सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर, मुटुरोग, दम, स्ट्रोक लगायतका रोगको खतरा बढाउँछ भने। साथै, निष्क्रिय रूपमा धुवाँमा सास फेर्ने व्यक्तिहरू पनि जोखिममा पर्ने भएकाले सम्पूर्ण समाजले सुर्तीजन्य पदार्थमुक्त वातावरण निर्माणमा भूमिका खेल्नुपर्नेमा यादवले जोड दिइएको छ।

नेपाल सरकारले पनि सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्नेसम्बन्धी कानुनी व्यवस्था गरेको छ तर कार्यान्वयनको अवस्था भने कमजोर रहेको आलोचना हुँदै आएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताएका छन । उनले यसमा कडाइ नगरिए हाम्रा युवा पुस्ता बिद्यार्थी को भविस्य पुर्ण अन्धकारमा जाने चिन्ता ब्यक्त गरेका छन ।

कार्यक्रममा ३० जनाको उपस्थिती रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर