साजिर मन्सूर 

कलैया,जेष्ठ १८

बारा सदरमुकाम कलैयामा भएको एक दर्दनाक सडक दुर्घटनामा ५ वर्षीया बालिका सिवानी गुप्ताको ज्यान गएको छ। घटना आइतबार दिउसो २:३० बजे कलैया उपमहानगरपालिका १ स्थित बालमन्दिर अगाडी को हो । एल एस न्युरो अस्पतालका प्रशासन साखा प्रमुख नन्देश सिंहले उपचारका क्रममा गुप्ताको ४:०५ मा ज्यान गएको बताएका छन । भारत बिहार घोडासहन घर भएको गुप्ता कलैया २४ मा आफ्नो मामाघर आएकी थिइन । आमा सङ्गै बाटो काट्नै लाग्दा टिपरले उनलाई ठोकेको स्थानियले बताएका छन ।   घटना भएको स्थान जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सङ्गै टासिएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार बालिका आफ्नो आमासँगै सडक पार गरिरहेकी थिइन्।

 त्यही बेला एक अनियन्त्रित टिपर ना १ क ८०५६ ले उनलाई ठक्कर दिएको थियो।

घटनापछि गम्भीर घाइते भएकी सिवानीलाई तुरुन्त एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन ।

स्थानीय बासिन्दाहरूले टिपर आतन्कका बारेमा आक्रोश व्यक्त गरेका छन्। “प्रशासनकै अगाडि यस्तो छ झन बाहिर कसरी चलाउदो होलान भन्ने प्रशन गरेका छन । पछिल्लो समय देशमा टिपर आतन्क बढ्दै गएको र टिपरलाई ज्यानमारा गाडी भनेर भन्न थालिएको कलैयाका मुकद्दम अन्सारीको भनाई छ । टिपर चालकहरुका लागि कडा कानुन नबन्दा पन्नी उनिहरुले टिपर साउको टाउकोमा जाने भन्दै झन घटना घटाउदै गएको जनताले बताएका छन । उनिहरुले चालकका लागि कडा कानुन बन्नुपर्छ भन्न थालेका छन ।

 

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

यस दुर्घटनाले कलैयामा ट्राफिक सुरक्षाप्रति बढ्दो चिन्ता र प्रशासनिक बेवास्ताको विषय फेरि एकपटक सतहमा ल्याएको छ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर