बिशवास सम्बादाता 

कलैया,जेष्ठ २६

बारा सदरमुकाम कलैया स्थित सिदेस्वर खेल मैदानमा जारी सुशील चौगाई अन्तर निजि बिधालय स्तरिय क्रीकेट टुर्नामेन्ट २०८२ सिजन १ को उपाधी बाल एकताले जितेको छ । जेष्ठ १७ गते देखि शुरु प्रतियोगितामा जिल्लाका १२ निजि बिधालयहरुको सहभागीता रहेको थियो । आज भएको फाईनल खेलमा बाल एकताले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ९ बिकेटको छतिमा १ सय ७३ रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा ओर्लेको ब्राईट ल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै ११८ रन बनाउन सक्यो ।

फाईनल खेलको म्यान अफ द म्याच बाल एकताका शेख आशिफ लाई नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य साजिर मन्सूरले ट्रफी हस्तान्तरण गरे ,बेस्ट ब्याट्स् म्यान बाल एकताका शिवम यादव लाई कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुदिन मन्सूरले ट्रफी दिए ।

बेस्ट बलर ग्याएक्सीका शैलेश यादव लाई चौगाई परिवारका सदस्य सौरभ चैगाई र खोखो प्रशिक्षक क्यामुदिन मन्सूरले संयुक्त रुपमा पुरस्कार दिए ।

म्यान अफ द सिरिज बाल एकताका कप्तान मणिभुषण यादव लाई मधेस प्रदेश क्रीकेट संघका कोषाध्यक्ष सुबाष जयस्वालले ट्रफी हस्तान्तरण गरेका थिए ।

 

प्रतियोगितामा दोश्रो हुने ब्राईट ल्याण्डलाई प्रभात चौरसिया र सुमोध सरार्फले मेडल प्रमाणपत्र तथा ट्रफी बितरण गरेका थिए ।

त्यस्तै बिजेता बाल एकताका खेलाडी लाई प्रमुख अतिथि नाथु साहले मेडल,प्रमाणपत्र तथा ट्रफी बितरण गरेका थिए ।

 

बारा क्रीकेट संघका अध्यक्ष प्रभात चौरसियाको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

यता ब्राईट ल्यान्डका सन्चालक मनोज यादवले आयोजक माथी काखापाखा गरेको आरोप लगाएका छन । यादवले यस समाचार डेस्कमा फोन गरि आयोजकका तर्फबाट खेल जारी रहेकै बेला कमिन्टेटरले बारम्बार खेल बाल एकताले जितिसक्यो भनेर हाम्रा खेलाडी माथी मनोबैज्ञानिक हिसाबले प्रेसर दिलाउन लगाएको बताएका छन । आयोजकले पहिला देखि अनुशासन तोड्ने बिधालयलाई प्रतियोगिता बाट बाहिर निकाल्ने नियम बनाएपनी बारम्बार बाल एकताका बिद्यार्थीले नियम तोड्दा किन कार्वाही नभएकोमा आपती जनाएका छन । उनले १९.३ ओभर को खेलमै आपती जनाउदै आफुहरु बहिस्कार गरि निस्केको बताए ।

 

आयोजकका तर्फबाट अनिल चौगाईले खेलका बेला कोई बिद्यार्थी नभएको र दर्षकले हुटिङ्ग गरेको बिषयमा ब्राईट ल्यान्ड ले आपत्ति जनाउनु गलत भएको बताए । हार निस्चित भएपछि बहाना बनाएर आयोजकलाई दोष लगाउनु गलत भएको बताए । हामी असल र निस्पछ खेल सम्पन्न गराउन लागेको उनले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर