साजिर मन्सूर 

निजगढ,जेष्ठ २७

मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषाको आयोजनमा

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार

कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा तथा आगामी वर्षको योजना तर्जुमा गोष्ठी निजगढमा शुरु भएको छ। दुई दिन चल्ने

गोष्ठीमा प्रदेशस्तरीय स्वास्थ्य शिक्षा अधिकृत, सूचना तथा सन्चार अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधिहरू, विकास साझेदार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ ।

गोष्ठीको उद्देश्य प्रदेशस्तरमा चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा तथा सूचना-सञ्चारसम्बन्धी कार्यक्रमहरूको मूल्यांकन गर्नुका साथै आगामी वर्ष २०८२/८३ का लागि प्रभावकारी योजना निर्माण गर्नु रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले स्वास्थ्य शिक्षा र जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिता वृद्धि गर्न सूचना प्रविधिको सदुपयोग, समुदायस्तरको सहभागिता र अन्तरसंस्थागत समन्वय अत्यावश्यक रहेको बताएका छन।

oplus_2

गोष्ठीमा मधेसका विभिन्न जिल्लाहरूबाट प्रस्तुत कार्यपत्रहरू, अनुभव आदानप्रदान, सफल अभ्यासहरू तथा सिकाइहरूमाथि छलफल गरिएको निर्देशनालयका कार्यक्रम फोकल पर्सन बिनोद यादवले जनाएका छन ।

उक्त अवसरमा सहभागीहरूले सूचना प्रवाहमा देखिएका चुनौतीहरू, सन्देशको प्रभावकारिता, लक्षित समुदायमा सन्देशको पहुँच लगायतका विषयमा व्यापक छलफल गरेका छन ।

कार्यक्रमले आगामी वर्षका लागि रणनीतिक कार्ययोजना, प्राथमिकताका क्षेत्रहरू, सामग्री उत्पादन र वितरण रणनीति तथा अनुगमन मूल्यांकन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाईएको छ ।

यो गोष्ठीले प्रदेशस्तरमा स्वास्थ्य शिक्षा तथा सूचना-सञ्चार कार्यक्रमलाई थप प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक न्यौपानेको अध्यक्षता एवम जिल्ला समन्वय समिति बाराको उप प्रमुख चन्डिका उप्रेतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.भक्त केशी,  निजगढ नगरपालिका उप प्रमुख सोममाया थिङ्ग,स्वास्थ्य कार्यालय बारा प्रमुख रामनरेश यादव,स्वास्थ्य तालिम केंद्र पथलैयाका प्रमुख डा.राजिव झा सहित प्रदेशको हरेक जिल्लाको स्वास्थ्य छेत्रको सरोकारवालाको उपस्थिति रहेको छ ।

oplus_2

स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम श्रोत ब्यक्ति बिनोद यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत युगलकिशोर यादवले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर