
प्रीयन्का दास
फेटा, जेष्ठ २९
फेटा गाउँपालिका पूर्ण खोप सुनिश्चितता हासिल गरी दिगोपना घोषणा सहित ऐतिहासिक उपलब्धि हासिल गरेको छ। गाउँपालिकाले १५ महिनामुनिका सबै बालबालिकालाई आवश्यक सबै खोप उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता प्राप्त गरेपछि आज एक कार्यक्रम गरि घोषणा गरेको हो ।
बारा जिल्लाको फेटा गाउँपालिकामा आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा गरिएको हो। गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले यो कार्यक्रम सफल बनाउन सबै फेटा गाउपालिकाका जनताले साथ दिएको बताएका छन । अन्सारीले फेटाको हरेक जनताले सहज र सरल सेवा प्राप्त गर्ने आफ्नो उदेश्य रहेको बताएका छन ।
अन्सारीले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वास्थ्य सुरक्षाको मेरुदण्ड हो भन्दै अब हामी यसलाई दिगो बनाउन नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवाप्रवाह सुधारमा केन्द्रित हुनेछौँ।” भने
गाउपालिकाले अभियान अन्तर्गत घरदैलो सर्वेक्षण, खोप पुनः लगाउने कार्यक्रम, अभिभावक अभिमुखीकरण, स्वयंसेविका परिचालन लगायतका उपायहरू अपनाइएको स्वास्थ्य शाखा प्रमुख राम मनोहर साहले जनाए ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय जनप्रतिनिधि र समुदायको सक्रिय सहभागिताले उक्त सफलता सम्भव भएको साहले बताएका छन ।
प्रत्येक वर्ष खोप समीक्षा सर्वेक्षण सञ्चालन गरिने,छुट बालबालिकाको पहिचान र तत्काल खोप लगाउने अभियान निरन्तर रहने र डिजिटल प्रणालीमार्फत खोप अभिलेख राख्ने प्रक्रिया थालिने साहले बताएका छन ।
स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवले
फेटा गाउँपालिकाको यो उपलब्धि बालबालिकाको स्वास्थ्य क्षेत्रमा उदाहरणीय कदम भएको बताएका छन । पूर्ण खोप सुनिश्चितता प्राप्त गर्ने र दिगोपनको दिशामा अघि बढ्ने फेटाको सफलताले अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने यादवले बताए ।
कार्यक्रममा उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकिय अधिकृत पूर्ण प्रसाद तिवारी,वडा अध्यक्षहरु क्रमशःराम नरेश प्रसाद यादव,बिगन दास तत्मा,नरेश प्रसाद कुशवाहा,पहल्लाद साह तेलि,वकिल प्रसाद यादव,अयुब अन्सारी,अमिर हमजा ठकुराई,पप्पू सिंह,कार्यपालिका सदस्य मदन प्रसाद साह,उपेनद्र प्रसाद साह,रिना कोईरिन,संगिता कुमारि,लेखा प्रमुख भोला प्रसाद यादव सहित सबै शाखा प्रमुखको उपस्थिति थियो ।