साजिर मन्सूर

जनकपुर,जेष्ठ ३०

नेपाल पत्रकार महासंघका केन्द्रिय संयोजक के.सी.० लामिछानेले मधेश सरकारले आफू इन्टरटेन हुन आफ्नै मीडियाहरू संचालन गर्न चाहनुलाई आपत्तिजनक भनेको छन् ।आज नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यालय जनकपुरमा आयोजना गरिएको बैठकलाई सम्बोधन गर्दै एक लामिछानेले सरकारको मुख्य काम जनतालाई सेवा दिने हुनुपर्नेमा आफ्नो छवि चम्काउन मीडियाहरू स्थापना गर्नुपर्ने मानसिकता बोक्नु गलत भएको आरोप लगाए ।

“राजनीति जनसेवाका लागि हुनुपर्नेमा यहाँ सरकार आफ्नो नाम फैलाउन, आफ्नो कार्यक्रमको प्रचार गर्न मीडियाहरू खोल्न लागेको अभिव्यक्ति दिनु अत्यन्तै आपतिजनक भएको बताए । यो लोकतन्त्रको भावना विपरीत छ । मीडियाहरू स्वतन्त्र हुनुपर्नेमा सरकारको नियन्त्रणमा जानु गलत छ”, लामिछानेको भनाइ थियो ।

संयोजक लामिछानेले जनतालाई सूचित गराउनु मीडियाहरूको मुख्य दायित्व भएको जनाउदै सरकारको लगानीमा खोलिने मीडियाहरू स्वतन्त्र हुनै नसक्ने दाबी गरे । यसरी त्यस्ता मिडियाले जनतालाई एकांगे जानकारी मात्र पुग्न सक्नेतिर चिन्ता व्यक्ति गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशलाई यसका बिरुद्ध आफ्नो आधिकारिक धारणा राख्न सुझाव दिदै आन्दोलन नै गर्नुपर्ने भए गर्न सुझाए ।

प्रदेश सरकारले प्रदेशको मिडिया धरासायी भैइरहदा केंद्रको सरकारी मिडियाका लागि करोडौ रुपैया बिनियोजन गर्नु संघीयता माथी कै उपहास भएको प्रति प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन ।

मधेसका ५ जना पत्रकार अख्तियारको फन्दामा पर्नुले पनि आम सन्चारकर्मी सजग भएर आफ्नो कर्ममा लाग्न जिम्मेवार बन्नुपर्ने बताए ।

समयमै लेखापरीक्षण गरेर बितिय पार्दर्शिता कायम गराउन पनि उनले सुझाएका छन ।

हाम्रै पहलमा पत्रकारका जीवन बिमा,दुर्घटना बिमा,स्वास्थ्य बिमा,एआई तालिम,र प्रत्येक जिल्ला शाखालाई १०/१० लाख रुपैया बिनियोजन भएको प्रदेश अध्यक्ष श्याम बन्जाराले बताएका छन ।  उनले यो हालको सरकारको सहयोगले प्रादेशिक कार्यालय स्थापना हुनेमा पुर्ण बिश्वास व्यक्त गरेका छन ।

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष बन्जाराको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रिय सदस्य एवम प्रदेश कमिति सल्लाहकार राजेश कर्ण,सल्लाहकार अवधेस झा सहित सम्पुर्ण कार्यसमितिको उपस्थिति थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर