साजिर मन्सूर 

कलैया,जेष्ठ ३१

नेसनल प्याब्सन बाराको बिस्तारित बैठक हेरिटेज पब्लिक स्कुल परवानिपुरमा सम्पन्न भएको छ ।

अध्यक्षता- जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णय गरेको हो ।

बैठकले प्रत्येक पालिकाले मिती २०८२/०३/२० गते सम्म जिल्ला सचिवलाई पालिका गतिबिधि,समस्या,प्रगतिहरूको समिक्षा बैक गरी प्रतिवेदन बुझाउने पहिलो निर्णय गरेको कुश्वाहाले जनाएका छन । यस्तै बाल-बलिकाहरूको लागि शैक्षिक शत्र २०८२ मा ३ वटा जिल्ला स्तरिय प्रतियोगिता गराउने र बिज्ञान प्रदर्शनी ,बादविवाद ,हाजरी जवाफ प्रतियोगिता संचालन गरिने निर्णय भएको छ । अन्तिम निर्णयमा प्र अ / शिक्षकलाई तालिम गराउने निर्णय गरिएको छ ।

बैठकमा प्रमुख अतिथि अलिमहम्द अंसारी,बिशेष अतिथि जितेन्द्र प्रसाद यादव,बसन्त ढकाल अतिथिहरुमा नगर अध्यक्ष अनिल तिवारी,सिकेन्द्र प्रसाद कुशवाहा, बिनोद मणि महतो ,प्रभु यादव ,रबिन्द्र प्रसाद साह लगायतकाको उपस्थिति थियो ।

बैठकको सन्चालन पुन्देव प्रसाद चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर