साजिर मन्सूर 

कलैया,असार २

बाराको पचरौता नगरपालिकाको १४ औ नगर सभा शुरु भएको छ । बेनौली स्थित नगरपालिकाको सभाहलमा सभाको उदघाटन भएको छ । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिका को प्रवक्ता लक्ष्मी यादवले आर्थिक बर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन ।

 

नगरसभाका बारेमा आफुहरुलाई चिठी नगएको प्रती वडा नम्बर २ का अध्यक्ष मनोज यादवले दुख पोखे उनले एक दिन अगाडी फेसबुकमा सुचना राखेर झुक्याईएको आरोप लगाए । उनले यो नीति कार्यक्रमले पिपरपाती बजारको उपेक्षा गरिएको बताए । १०० बेडको अस्पताल बनाउने घोषणा कता हराएको प्रश्न गरे ।

 

नगर प्रमुखले सबै जनताको स्वास्थ्य बिमामा लाग्ने ५० प्रतिशत नगरपालिकाले ब्योहोर्ने घोषणा गरेका छन । यस्तै

वडा नम्बर १ सङ्ग रहेको छोटी भन्सार लाई सन्चालन गराउन आवस्यक सडक बिस्तार गरिने बताएका छन । मेयर सिंहले नगरपालिकाले आव २०८२/०८३ को लागि रु.६५ करोड ३१ लाख छैसठ्ठी हजार नौ सय बाउन्न को बजेट सार्वजनिक गरेका छन ।

 

नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा शुरु भएको नगर सभामा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर सभासदस्यहरुको उपस्थिति रहेको थियो ।

 

प्रमुख प्रशासकिय अधिकृत प्रशान्त जोशिले सन्चालन गरेको कार्यक्रममा स्वागत वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर