प्रीयन्का दास 

प्रसौनी,असार २

प्रसौनी गाउँपालिकाले १७ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड १ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालको अध्यक्षतामा शनिबार सम्पन्न गाउँसभामा गाउपालिका उपाध्यक्ष किरण देबिले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन ।

 

सभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष जयस्वालले बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, सिचाई, विपद् व्यवस्था, खेलकुद, महिलाहरूको सशक्तिकरण सहित जनजीवन सुधार्न विशेष कार्यक्रम समेटिएको बताएका छन् ।

गाउँपालिकाले जनताका प्राथमिकताका बिषयलाई नीति कार्यक्रमले समेटेको र सोही बमोजिम कार्यान्वयन गर्ने जनाइएको छ ।

गाउँसभामा गाउँकार्यपालिका सदस्य, वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दल प्रतिनिधि, नागरिक अगुवा लेखा अधिकृत प्रेमबाबु पटेल,सहितको उल्लेखनीय सहभागिता थियो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम किशोर प्रसादले कार्यक्रममा स्वागत गर्दै गाउँ सभाले पास गर्ने निति कार्यक्रम तथा बजेट लाई सन्चालन गर्न सबै कर्मचारी लाग्ने र सभाले लिएको उदेश्य पूरा गराउने बताएका छन ।

कार्यक्रमको सन्चालन स्वास्थ शाखा प्रमुख सुरेश कुमार साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर