साजिर मन्सूर 

कलैया,असार ४

थारु समुदायको पहिचान, परम्परा र सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित “थारु संस्कृति संरक्षण तथा प्रवर्द्धन कार्यक्रम”कोल्बी नगरपालिका ५ को कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा अध्यक्ष ले गर्नु भएको थियो। उहाँले थारु समुदायको मौलिक भाषा, पहिरन, नाचगान, तथा परम्परागत ज्ञानलाई जगेर्ना गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो। उक्त अवसरमा

थारु नाच, झुमरा, माग्ही गीत प्रस्तुत

परम्परागत भेषभूषा प्रदर्शनी

थारु भोजन तथा जीवनशैली झल्काउने सामग्रीका बारे समेत बताईएको थियो ।

थारु बौद्धिक व्यक्तित्वद्वारा विचार गोष्ठी

कार्यक्रममा थारु समुदायको पहिचान र अधिकारका विषयमा पनि छलफल गरिएको थियो। वक्ताहरूले राज्यको नीति निर्माणमा थारु समुदायको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए।

स्थानीय तहले पनि थारु संस्कृतिलाई पाठ्यक्रम र पर्यटनसँग जोडेर दीर्घकालीन संरक्षणको रणनीति बनाउनुपर्ने आवश्यकतामा बल दिइएको थियो।

कार्यक्रमको समापनमा आयोजक संस्थाले सबै सहभागीप्रति आभार प्रकट गर्दै भविष्यमा अझ व्यापक स्तरमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको थियो।

वडा नम्बर ५ का अध्यक्ष नन्द्किशोर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रिय उपाध्यक्ष हृदयनारायण चौधरी सहित समुदायका अगुवा, सांस्कृतिक टोलीहरू, युवाहरू, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक संस्था सगुन नेपालका अध्यक्ष हेमचन्र्द प्रसाद चौधरीले स्वागत गर्दै कार्यक्रमका बारे प्रकाश पारे । कार्यक्रमको सन्चालन थारु कल्याणकारी सभा बाराका सचिव यादवकृष्ण चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर