साजिर मन्सूर 

कलैया,असार ४

करैयामाई गाउँपालिका, बाराको १७औं गाउँसभा आज एक औपचारिक समारोहका साथ सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले आव २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै रु. ४३ करोड ७२ लाख ९८ हजार ९२२ को बजेट सार्वजनिक गरेका छन ।

 

गापा अध्यक्ष यादवकै अध्यक्षतामा सुरु भएको सभामा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकार तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो।

सभामा चालु आर्थिक वर्षको प्रगति विवरण, चुनौतीहरू, हासिल उपलब्धिहरू, तथा आगामी वर्ष २०८२/०८३ को योजना र बजेट प्रस्तुत गरिएको छ। अध्यक्षले उद्घाटन सम्बोधन गर्दै विगत वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा गरिएका कामबारे जानकारी दिए। साथै, आगामी वर्षलाई समावेशी, उत्तरदायी र विकासमुखी बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

गाउँसभा केही दिनसम्म चल्ने कार्यक्रम रहेको छ जहाँ विभिन्न विषयगत समितिहरूबाट प्रतिवेदन प्रस्तुत गरिनेछ र आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरिने प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतोले जनाएका छन।

स्थानीय जनताको अपेक्षा अनुसार पारदर्शिता, जवाफदेहिता र सुशासनमा केन्द्रित योजना अघि बढाइने गाउँपालिका स्रोतले जनाएको छ।

 

कार्यक्रममा स्वागत प्रमुख प्रसासकिय अधिकृत बिरेन्द्र महतोले गरेका थिए भने सन्चालन नासु बिरेन्द्र बहादुर वाईवाले गरेको सुचना प्रबिधी अधिकृत लालबाबु किश्वाहाले जानकारी गराएका छन ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर