साजीर मन्सूर 

कलैया,असार ६

स्थानीय तहमा ‘स्वस्थ गाउँ सहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरिएको छ। कलैया उपमहानगरपालिका ७ स्थित श्री दुर्गा नमुना माबी को सभा हलमा आयोजना भएको कार्यक्रममा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, स्थानिय तहमा नीति निर्माणमा प्रभाव पार्ने तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम श्रोत ब्यक्ति बिनोद यादवले जनाएका छन ।

सहभागीहरूलाई स्वच्छता, पोषण, पूर्ण खोप, सुरक्षित मातृत्व, किशोरी स्वास्थ्य, धूम्रपान तथा सुर्तीजन्य पदार्थ न्यूनीकरणलगायतका विषयमा जानकारी दिइयो।

कार्यक्रममा स्थानीय तहलाई स्वास्थ्य अनुकूल नीतिहरू बनाउन तथा कार्यान्वयनमा जिम्मेवारी लिन आग्रह गरिएको थियो। साथै, समुदायस्तरमै स्वास्थ्यप्रतिको दायित्वबोध अभिवृद्धि गर्ने पहलका रूपमा यो कार्यक्रमलाई लिइएको छ।

पैरवी कार्यक्रमको समन्वय विभिन्न गैसस, स्वास्थ्य संस्थाहरू तथा सञ्चारकर्मीहरूसँग सहकार्य गरेर गरिएको थियो। कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरूले यसप्रकारका पहलले दीर्घकालीन रूपमा जनस्वास्थ्य सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यादवले मधेसमा स्तनपानको महत्व,यसको अवस्थाका बारेमा जानकारी गराएका छन ।

 

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैफुल्लाह अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा श्री दुर्गा नमुना माबिका अध्यक्ष औधेश यादव,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,स्थानीय जनप्रतिनिधि, नेपाल प्रेस युनियन बाराका पुर्व अध्यक्ष रबिन्द्र सिंह,समाजबादी प्रेस युनियन बाराका अध्यक्ष अजय साह,समाजसेवी अनवर अन्सारी,स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, शिक्षक, महिला समूह, युवा र पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सन्चालन कलैया उपमहानगरपालिका स्वास्थ शाखा प्रमुख अजय जयस्वालले गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर