साजिर मन्सूर 

कलैया,असार ७

बाराको बिश्रामपुर गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभा बैठकमा गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो (जुबेर भाइ)ले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।

गाउपालिका उपाध्यक्ष प्रीयन्का देबि साहले वडा नम्बर २ का अध्यक्ष मनोज कुमार यादवलाई निति कार्यक्रम प्रस्तुत गर्न दिएपछि यादवले सो जिम्मेवारी बहन गरेका थिए ।

 

गाउपालिकाका अध्यक्ष भुट्टोले आगामी वर्षका लागि रु. ३२ करोड १० लाख ४९ हजार ५ सय २८ को बजेट प्रस्तुत भएको बताएका छन । गाउँपालिकाले समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिएको बताएका छन ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको बताउदै अध्यक्ष भुट्टोले गाउँको समग्र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

गाउँसभामा गाउपालिकाको उपाध्यक्ष प्रीयन्का देबि,प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा,पालिकाको ५ वटा वडाका वडाध्यक्षहरू क्रमशः सन्तोश पटेल,मनोज कुमार यादव,शिवचन्द्र प्रसाद यादव,किशोरी साह तुराहा,अमिरिलाल गुप्ता,बिशमतिया चमार,रागिनी नुनिया,पुर्णिमा गुप्ता,बिजय पन्डित,राजेन्द्र पाल,समाजसेवी कृष्ण प्रसाद साह,गाउँ सभा सदस्य,गाउपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवाहरू लगायतको उपस्थिति रहेको लेखा प्रमुख बजरङ्गी जयस्वालले जनाएका छन ।

कार्यक्रममा जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्य सम्पादन, बजेटको पारदर्शिता, योजना कार्यान्वयन र सेवा प्रवाहमा थप सुधार गर्न सुझावसमेत दिएका थिए ।

स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले सन्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर