साजिर मन्सूर 

कलैया,असार ७

बारा सदरमुकाम कलैयामा सम्पन्न प्रथम विद्यालय स्तरीय छात्र तथा छात्रा खो-खो प्रतियोगितामा छात्रा तर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालयले जितेको छ। प्रतियोगितामा कलैया उपमहानगरपालिका अन्तरगतका विभिन्न छात्र तर्फ ९ विद्यालय र छात्रा तर्फ ८ बिधालय सहभागी रहेका थिए । छात्र-छात्राहरूको सक्रिय सहभागिता रहेको प्रतियोगिताको

oplus_2

फाइनल खेलमा छात्रा तर्फ श्री ३ चन्द्र माविले प्रतिस्पर्धी श्री दुर्गा माबि लाई २/११ प्वाईण्टले पराजित गर्दै उपाधि जितेको छ ।

 

छात्र तर्फ ईन्टरनेशनल सिम्बायोसिस सेकेन्डरी स्कुलले श्री ३ चन्द्र माबी लाई हराएको छ । ईन्टरनेशनलले ११ का बिरुद्द १ प्वाईन्टले पराजित गरेको छ ।

oplus_2

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि कलैया उपमहानगरपालिका को उप मेयर रौषन प्रविण,बिशिस्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत नाथु साह,नगर खेलकुद बिकास समिती अध्यक्ष एम समिउल्लाह,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुद्दिन मन्सूर,माओवादी केन्द्रका नेता मुकेश साह,ब्राईट ल्याण्डका सन्चालक मनोज यादव,ईन्टरनेशनल सिम्बायोसिसका प्रीन्सिपल वसन्त घिमिरेले विजेता उप बिजेता टोलीलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्दै विद्यार्थीको समग्र शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताएका छन ।

बिजेता दुबै टोलिलाई नगद १०/१० हजार र उपबिजेता दुबै टोलिलाई ५/५ हजार पुरस्कार समेत बितरण गरिएको छ ।

प्रमुख अतिथी रौषन प्रविणले छात्रछात्राको उत्साहजनक सहभागिताले खेल जगतको प्रतिष्ठा अझ उचो बनाएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र फराकिलो बनाइने प्रतिवद्धता जनाईन ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ श्री ३ चन्द्र माबिकी आरती ठाकुर र पुरुष तर्फ ईन्टरनेशनल सिम्बायोसिसका अरमान मन्सूर लाई ट्रफी हस्तान्तरण गरिएको छ ।

यता छात्र तर्फ बिजेता ईन्टरनेशनल सिम्बायोसिसका खेलाडिहरुलाई बिधालयका प्रीन्सिपल घिमिरेले बिशेष छात्रवृत्ति दिने घोषणा गरेका छन । उनले चाडै बिधालयमा एक सम्मान कार्यक्रम आयोजना गरि सो छात्रवृत्ति घोषणा गरिने बताएका छन । उनले आँसु झार्दै यो बिधालय पहिलो पल्टको सहभागितामै प्रथम भएको र यो ट्रफी हाम्रा बिधालयका संस्थापक स्वर्गीय सुशील अधिकारी लाई समर्पण गरिएको बताएका छन ।

 

खो खो का प्रशिक्षक क्यामुदिन मन्सूरको अध्यक्षतामा भएको समापन समारोहको सन्चालन नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर