साजिर मन्सूर
कलैया,असार ९
महागढिमाई नगरपालिकाको आव २०८२/०८३ को नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आगामी आ.व.का लागि रु.८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ को बजेट सार्वजनिक गरेका छन ।
सार्वजनिक गरिएको बजेटमा संघिय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. १४ करोड ७ लाख, शसर्त अनुदान चालु रु. २५ करोड ३७ लाख, शसर्त अनुदान पुजिगत रु. १५ करोड ५४ लाख, विषेश अनुदान रु.१ करोड ६५ लाख, संघिय सम्पुरक अनुदान रु.८७लाख, संघिय राजश्व वाडफाड रु. ११ करोड ४४ लाख त्यस्तै प्रदेश सरकार बाट प्राप्त हुने समानीकरण अनुदान रु. ९९ लाख ९५ हजार, प्रदेश शसर्त अनुदान रु.९५ लाख, प्रदेश विषेश अनुदान रु.३० लाख, प्रदेश सम्पुरक अनुदान रु.२० लाख, राजश्व बाडफाड बाट रु. ६९ लाख ८४ हजार ३ सय २० मात्र, र नगरपालिकाको आन्तरिक श्रोत रु. ९ करोड ५० लाख गरी जम्मा रु. ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ मात्रको आय अनुमान गरिएको छ ।
मेयर यादवले प्राथमिकताको साथ क्रमश शिक्षा, स्वास्थ्य,यातायात, कृषी, पर्यटन, बाताबरण, सांस्कृतिक, धार्मिक, आर्थिक बिकास सङ्गै रोजगारिको अवसर प्रदान गर्ने लगायतको क्षेत्रमा नगरले विशेष योजना ल्याउने बताएका छन । नगर प्रमुखले बिधार्थी प्रोत्साहन, प्राविधिक शिक्षा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क कृषी बिधुत महसुल, निष्पक्ष न्याय, शुसासन, सरसफाई जस्ता योजना र कार्यक्रमलाई तदारुकता का साथ बढाउने बताए। महत्वपूर्ण घोषणाहरू लाई निरन्तरता दिने जानकारी गराएका छन ।
मेयर यादवले नगरपालिकालाई कृषिमा आत्म निर्भर बनाउने,सफा सुन्दर पालिकामा जोड,सुशानमा जोड,धार्मिक पर्यटनको एक महत्वपुर्ण स्थानका रुपमा अगाडी बढाईने बताएका छन ।
नगर प्रमुख यादवले प्रत्येक वर्ष सिपमुलक तालिम र अनुदान उपलब्ध गराई सयकडौँ युवा भाई बहिनीहरूलाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य सहितको योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन ।
केही राजनैतिक दल र स्वार्थमा लुप्त अराजनितिक ब्यक्तिका कारण नगर सभा ढिलो भएको र त्यसबाट आम नगरबासी सङ्ग त्यसको सत्यता उजागर हुँदै जाने बताए । साथै कर्मचारीको तलब र समाजिक सुरक्षा भत्ता आदिमा बिलम्ब हुनु दुखद भएको र यसकालागी सबै कार्यपालिका जिम्मेवार रहेको बताउदै अब उपरान्त यस्तो नहुने बताएका छन । प्रमुख प्रशासकिय अधिकृत लक्षमण साहले स्वागत मन्तव्य ब्यक्त गर्दै नगर सभाले पास गरेका नितिकार्यक्रम लाई द्रुत गतिमा सम्पन्न गराई पालिकाको बिकासमा सबै कर्मचारी लाग्ने प्रतिबद्धता जनाएका छन ।
नगर सभामा नगर उपप्रमुख तारा देबि कानु ,वडा अध्यक्षहरु मनोज्स गुप्ता,बिश्वनाथ कुश्वाहा,उपेन्द्र जयस्वाल,मनोज् जयस्वाल,गजेन्द्र जयस्वाल,गेना राउत अहिर,शिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा त्यस्तै कार्यपालिका सदस्यहरु महेश जयस्वाल,मनोज जयस्वाल,गिता चौरसिया,अन्जुली कुमारी रुपकली देबि,शिव कुमारी पासपती देबि,नगर सभा सदस्यहरु,विभिन्न शाखाका प्रमुख ,पत्रकार,स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन शिक्षा शाखाका रामबिश्वास चौरसियाले गरेका थिए ।







