
आश्मा प्रबिण, कलैया । बाराको तत्कालिन ख्याती प्राप्त शिक्षक स्वर्गीय भदै पटेलको स्मृतिमा सदरमुकाम कलैयामा शुरु भएको टि २० कृकेट प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा गिता स्टिल फर्निचर जितपुर क्लबले भवानिपुर क्लबलाई ८६ रनले पराजित गरेको छ ।
जितपुरले निर्धारित २० ओभरको खेलमा १२५ रन जोडेको थियो । प्रतिउत्तरमा भवानिपुर अल आउट हुँदै केवल ३९ रन बनाउन सक्यो । जितपुरका लागि ब्याटीङ्गमा ४२ रन सङ्गै बलिङ्ग्मा २ बिलेट लिएका बिनय पास्वान खेलको म्यान अफ द म्याच घोशित भएका छन ।
पास्वानलाई कलैया कृकेट क्लबका कोषाध्यक्ष पन्कज पाण्डेले एक कार्यक्रमका बिच ट्रफी हस्तान्तरण गरेका थिए ।
यता आजै भएको दोश्रो खेलमा शितलपुरले गण्डकलाई ८५ रनले पराजित गरेको छ । शितलपुर निर्धारित खेलको समयमा १६७ रन बनाएको थियो भने गण्डक ८२ रनमै समेटिएको थियो । शितलपुरका रोशन खेलको म्यान अफ द म्याच चुनिए ।
रोशनलाई कलैया सिटि जेसिजका अध्यक्ष शम्भु गुप्ताले ट्रफी प्रदान गरेका थिए । भोलि पहिलो खेल मदर्शा र देबिगन्ज तथा दोश्रो खेल ब्रहम्पुरी र ईनर्वा बिच हुने प्रतियोगिता ब्यवस्थापक सुदिप चौधरीले बताउनुभयो ।
प्रतियोगिताको बिजेताले नगद रु ३० हजार सङ्गै ट्रफी मेडल र प्रमाणपत्र त्यस्तै दोश्रो हुने क्लबले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने चौधरीले बताएका छन ।