
साजिर मन्सूर
कलैया,असार १२
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाराको कलैयामा रहेको श्री ३ चन्द्र माबिको हलमा विशेष कार्यक्रमका साथ दिवस मनाइएको छ। जुन २६ तारिखका दिन हरेक वर्ष मनाइने यस दिवसमा यस वर्ष पनि स्थानीय निकाय, विद्यालय, सुरक्षा निकाय, सामाजिक संस्था र नागरिक समाजको व्यापक सहभागिता देखिएको थियो।
कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय, बाराको समन्वयमा जिल्ला प्रहरी कार्यालय, बारा उधोग बाणिज्य संघ ले सहयोग रहेको थियो ।
कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख बिनोद साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोश तामाङ्ग,शसत्र प्रहरी उपरीक्षक,नेपालि सेना लगायतका वक्ताहरूले लागु औषधको दुरुपयोगले युवाहरूको भविष्य बर्वाद बनाउने भन्दै सामूहिक रूपमा यसविरुद्ध आवाज उठाउनु आवश्यक रहेको धारणा राखे। साथै, विद्यालयस्तरबाटै सचेतनामूलक कार्यक्रम र कडा निगरानी आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रमले स्थानीय समुदायमा लागुऔषधको हानीबारे जनचेतना फैलाउने तथा युवाहरुलाई नकारात्मक लतबाट जोगाउने सन्देश दिएको आयोजकले बताएका छन्।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रबि कुमार भास्करले लागू औषध दुर्ब्यसनका बारे सहजीकरण गरेका थिए ।त्यस्तै जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक सेवा शाखाका प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले समेत आफ्नो प्रस्तुतीकरण गरेका थिए ।