साजिर मन्सूर 

कलैया,असार १३

कलैया उपमहानगरपालिकाले वडा नम्बर १८ मोतिसरका किसानलाई कृषि सामग्री बितरण गरेको छ । कलैया उपमहानगरपालिका कृषि बिकाश शाखाका प्रमुख कुन्दन यादवका अनुसार श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्था लि कलैया १८ मोतिसर द्वारा संचालित सहारा कृषक समुह मोतीसर को आयोजनामा तथा कलैया उप महानगरपालिका को सहयोगमा (उन्नत बीउ वितरण प्रोत्साहन कार्यक्रम) अन्तर्गत ५० % सशर्त अनुदानमा किसानलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । संस्थाको कृषक सदस्य लाई तथा वडा बासीहरु लाई कलैया उप महानगरपालिका को उप प्रमुख रोशन प्रवीणले सो सामग्री हस्तान्तरण गरेकी हुन ।  सो अवसरमा वडा नम्बर १८ का अध्यक्ष ध्रुव राउत अहिर,कृषि विकास शाखा कलैयाका कार्यालय सहायक राहुल राय यादव,संस्थाका अध्यक्ष हुसेन मन्सूर लगायतकाको उपस्थिति थियो ।

उक्त अवसरमा स्प्रे ट्यांकी २७ जना , त्रिपाल ५ जना , ढक तराजु १ जना र पाइप 4 जनालाई बितरण गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर