साजिर मन्सूर 

कलैया,असार १४ 

समाजसेवामा सक्रिय रहेको कलैयाको राजदेबी साङ्गीतिक समूहले निशुल्क कपडा बैंक कलैयालाई सहयोगस्वरूप विभिन्न प्रकारका लुगाफाटा हस्तान्तरण गरेको छ। अस्पताल रोडमा रहेको डा.कमरुलहक अस्पतालको सामने रहेको बैंकमा समूहका सदस्यहरूद्वारा संकलित महिलाहरू, पुरुषहरू तथा बालबालिकाहरूका लागि उपयोगी लुगाहरू एक समारोहबीच कपडा बैंकका संरक्षक साजिर मन्सूर तथा संस्थापक मुकद्दम अन्सारीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै समूहका अध्यक्ष निरज नेपालिले भने, “समाजका विपन्न वर्गका लागि सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।”उनले आफ्नो समुहले हरेक महिना समाजिक कार्य गर्ने प्रतिबद्धता अनुसार यो सहयोग गरिएको बताए । समुहका कोषाध्यक्ष सुबोध पुडासैनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन।

 

निशुल्क कपडा बैंकले समुदायका विपन्न, असहाय तथा आपत्‌कालीन अवस्थामा परेकाहरूलाई निःशुल्क लुगा उपलब्ध गराउँदै आएको संस्थापक अन्सारीले जानकारी गराएका छन ।

सो अवसरमा समुहका उपाध्यक्ष सागर आचार्य,सचिव धिरेन्द्र शर्मा,सह सचिव सुमित मिश्र,,ब्यवस्थापन सबिन सिग्देल,सदस्यहरु प्रमिशा नेपाल,लक्ष्मी भट्टराई ,शृतु अर्याल,रामराजा पौडेल,अबिनाश कर्माचार्य,सन्जय पटेल,रेनुका सापकोट,अन्जु अर्याल,लक्ष्मी अर्याल,अनिता मिश्रा,लक्ष्मी अर्याल,सागर खनाल त्यस्तै कपडा बैंकका संस्थापक मुकदम अन्सारी,लिला चौधरी,अरनिमा साह,प्रीयन्का कुश्वाहा लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर