
साजिर मन्सूर
कलैया,असार १४
आसमान नेपालको सहयोगमा बिगत तीन बर्षदेखी सन्चालनमा रहेको जेम्स क्लबको किशोरीहरू र सरोकारवालाबीच आज सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
श्री ३ चन्द्र माबी को हलमा आयोजित कार्यक्रममा कलैयाको साक्षर सामुदायिक सिकाई केन्द्र,गौरा सामुदायिक सिकाई केन्द्र,महागढिमाई सामुदायिक सिकाई केंद्र र बागेश्वरी सामुदायिक सिकाई केंद्रका पिजिएल,जेम्स क्लबका किशोरी तथा तिनका अभिभावक,वडा अध्यक्ष,विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी,अन्धा कल्याण संघका प्रतिनिधि र सम्बन्धित सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।
किशोरीहरूले आफ्ना अनुभव, चुनौती, अवसर तथा सिकाइका विषयमा प्रस्तुति दिँदै आत्मविश्वास अभिवृद्धि, समाजिक कुरिती,विभिन्न खाले हिंसा,कम्प्युटर सम्बन्धि ज्ञान् ,अङ्ग्रेजी भाषा सिकाई,यौन तथा प्रजनन स्वास्थ्य, बाल विवाह रोकथाम, आत्मरक्षा सीप, र नेतृत्व विकासका विषयमा खुलेर धारणा राखेका थिए।
कार्यक्रममा सरोकारवालाहरूले किशोरीहरूलाई अझ सक्षम र सशक्त बनाउने योजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाए। साथै, किशोरीमैत्री वातावरण निर्माणका लागि समुदाय, विद्यालय र परिवारको भूमिकाको आवश्यकता औंल्याइएको थियो। आसमान नेपालको यो प्रोजेक्ट अत्यन्तै सफल भएको र यसलाई निरन्तरता दिनुपर्ने सबैले माग गरेका छन ।
साजिर मन्सूरको अध्यक्षता एवम कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत उप सचिव नाथु साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव,स्वास्थ शाखा प्रमुख मनोज यादव,महिला तथा बालबालिका शाखा प्रमुख नेहा केशरी,कलैया उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष मोहन साहकानु,वडा नम्बर २४ का अध्यक्ष हिरालाल चौधरी,प्रधानाध्यापकहरु रामबाबु कुश्वाहा,नरेन्द्र गिरि,हरिकिशोर कुवर,लालबाबु जयस्वाल सहित सयौ जना अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रममा परियोजना संयोजक रामप्रवेश यादवले परियोजना का बारे जानकारी गराएका थिए ।
एफसीडिओ (FCDO) को आर्थिक सहयोग तथा British Council नेपालसंगको सहकार्य र साझेदारीमा आसमान नेपालले बारा जिल्लाको कलैया उप-महानगरपालिकाभित्रका चार बटा सामुदायिक सिकाई केन्द्रहरूमा Girls Empowerment and Mainstreaming Sustainably (GEMS) परियोजना संचालन बिगत ३ बर्षदेखी हुँदै आएको थियो ।