
साजिर मन्सूर
कलैया,असार १७
स्थानिय जनतालाई झुक्याएर जितपुरसिमरा उपमहानगरपालिकाले जनता मार्न डम्पिङ्ग साईट बनाउन खोजेको भन्दै स्थानिय जनता आक्रोशित बन्दै न्यायका लागि बाराका सिडिओलाई गुहार गर्दै ज्ञापन पत्र बुझाएका छन । स्थानिय करिब १५० जना भन्दा बढिले हस्ताक्षर गरेको पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ।
नगरको फोहोर ब्यवस्थापन आम नगरबासिको सरोकारको बिषय हो। जसको उचित स्थानमा फोहोर व्यवस्थापनको मापदण्डभित्र रहेर ब्यवस्थापन गरिनुपर्छ भन्ने कुरामा हामी सहमत छौ। तर उपमहानगरले गर्नुपर्ने फोहोर ब्यवस्थापन एउटा निजि कम्पनि सङ्ग गराउनु र त्यसको लागि त्यसको विधि र मापदण्डसङ्ग स्थानियलाई पर्ने असरको बारेमा कुनै सरोकार व चिन्ता नराखी मनपरी रुपमा गर्न खोज्नुमा हाम्रो घोर आपत्ती छ । नगर कार्यपालिकाले निर्णय नै गरेर ब्यवस्थापन गर्न खोजेको हो भने त्यसको लागि पहिला ४ र ५ नम्बर वडाको चौरिलाई उपयुक्त ठाउँ भनेर काम शुरु गरेको थियो । तर त्यहा त्यसको घोर बिरोध भएपछी उपमहानगरले स्थानियसङ्ग कुनै सरोकार नराखी अहिले फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने नाममा स्थानियलाई झुक्याएर वडा नम्बर ४ मा फोहोर थुपार्ने फोहोरी खेलमा लागेको छ । जुन न त उधोग स्थापना र सन्चालन मापदण्ड अनुरुप छ न त यहांको स्थानियको भावना र मर्म अनुरुप । ४ नम्बरका स्थानियको स्वास्थ्य र बातबरणमा प्रतिकुल प्रभाव पार्न सक्ने उपमहानगरको उक्त कार्य नेपाल सरकारको मौजुदा कानुन बिपरित समेत भएको देखिन्छ । सार्वजनिक जग्गा प्राप्ती ऐनको प्रतिकुल हुनेगरी नेपाल सरकारको भूस्वामित्वमा रहेको जग्गामा निजि कम्पनी स्थापना गर्न लगाउनु आफैमा कानुन बिपरितको कार्य हो भने स्थापना हुने भनिएको उक्त उधोगले बातबरणमा पार्न सक्ने प्राभवको बारेमा बातबरणिय प्रभाव मुल्यांकनका प्रकृयाहरु समेतको बेवास्ता गरि ४ नम्बरका स्थानियलाई उठिबास लगाउने गरि भैरहेको कार्य गैरकानुनी मात्रै नभै स्थानियको हित र मर्म बिपरितको कार्य हो। त्यसैले उक्त कार्य तत्काल रोक्का गरि उपयुक्त ठाउको कनुन र बिधिसम्मत तरिकाले छनोट गरि मात्र फोहोर प्रशोधन केन्द्र निर्माणको प्रकृया अगादी बढाउन सरोकार समिती अनुरोध गर्दछ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ वसन्त अधिकारीले यो बिषयमा बोल्दै सार्वजनिक जग्गा कोहि कसैले प्रयोग गर्न नदिने बताउदै कानुन अनुसार बिना प्रक्रिया पुर्याएर सार्वजनिक जग्गा प्रयोग गर्न नमिल्ने बताएका छन ।
ज्ञापन पत्र बुझाउन नेपाली काङ्ग्रेसका नेता बिनोद सापकोटा, एमालेको रमेश खरेल,राप्रपा रामप्रसाद पाठक,वडा नम्बर ४ को वडा सदस्य नसिम हुसेन,स्थानिय नेता अमिताब चौधरी,रिता रिजाल लगायतकाको उपस्थिति रहेको थियो ।