साजिर मन्सूर 

कलैया,असार १९

पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रामअयोध्या यादवको निधन भएको छ।

बाराको सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको ७२ वर्षको उमेरमा बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा काङ्ग्रेसका युवा नेता सतेन्द्र प्रसाद यादवले जनाएका छन।

यादव विगत केही वर्षदेखि मधुमेहबाट पीडित थिए।

उनका छोरा यादवका अनुसार अवस्था जटिल भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

वि.सं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बारा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

त्यसअघि यादव नेपाली कांग्रेस बारा जिल्ला सचिव र पार्टीको महासमिति सदस्यका रूपमा पनि क्रियाशील थिए।

स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। सुवर्ण गाउपालिकामा हाल उनको बुहारी गाउपालिका उपाध्यक्षमा निर्वाचित भएर जनताको सेवा गरिरहेकी छन ।

परिवारका अनुसार उनको अन्तिम संस्कार आज दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर