
बिश्वास डेस्क
कलैया,असार २०
लोकतन्त्रवादीहरुको छाता तथा नेपाल पत्रकार महासंघ भन्दा अगाडिको आईएफजे को सदस्यता लिएको संगठन नेपाल प्रेस युनियन बाराको विवाद सुल्झिएको छ। कलैया १ स्थित देवकीलाल धर्मशालामा बुधबार बेलुकी भएको बृहत छलफल पश्चात आन्तरिक मतमतान्तर रहेको संगठन बिचको कार्यवाही फुकुवा गर्ने र युनियनमा सहमति गरेर अगाडी बढने निर्णय गरिएको छ।
प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष एवम् अनुशासन विभागको संयोजक प्रेम केसीको निर्देशन बमोजिम बारा जिल्लामा देखिएको विवाद समाधानको लागि नेपाल प्रेस युनियनका केन्द्रिय सचिव एवम् केन्द्रिय प्रतिनिधि तथा मधेस ईन्चार्ज अशोक तिवारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले गरेको निर्णयमा नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बारा मधेश प्रदेश समितिद्वारा एकका विरुद्ध अर्कालाई आरोप प्रत्यारोप लगाई नेपाल प्रेस युनियन केन्द्रिय समितिमा सिफारिश गरेको सन्दर्भमा केन्द्रिय निर्देशन बमोजिम मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठको पहलमा कलैयामा बैठक बसेको हो।
बैठकमा विगतको मत मतान्तरलाई हटाई सहमति,सहकार्य र एकतालाई आत्मसात गरी प्रेस युनियनलाई एकताबद्ध भई अगाडी बढने सहमति भएको हो। नेपाल प्रेस युनियन बारा तथा नेपाल प्रेस युनियन मधेश प्रदेशले गरेको कार्यवाहीको सिफारिश खारेज गर्ने निर्णय भएको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले जानकारी गराए ।
अब उपरान्त कोई कसैलाई कारवाही नगर्ने र सहमति गरेर अगाडी बढने सो छलफल कार्यक्रममा निर्णय गरिएको छ। निर्वाचन ताका नेपाल प्रेस युनियनको केन्द्रिय समिति अन्तर्गत रहेको अनुशासन विभागले नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद गुरुप्रसाद गौतम र प्रदेश पार्षद जयनारायण प्रसाद यादवलाई गरेको कारवाहीलाई फुकुवा गर्न अनुशासन विभाग र केन्द्रिय समितिलाई आग्रह गर्ने निर्णय गरिएको समेत प्रेस युनियन बाराका निबर्तमान सचिव साजिर मन्सूरले बताए ।
छलफल कार्यक्रममा प्रेस युनियनका मधेश प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादव,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य साजिर मंसुर,नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दास,नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य अप्सरा पुडासैनीको उपस्थिति रहेको थियो ।
यसैगरी उक्त छलफलमा पत्रकार महासंघ मधेश प्रदेश कार्यसमिति सदस्य संजिव मिश्रा,महासंघ बाराका पुर्वअध्यक्ष गुरुप्रसाद गौतम,पुर्वउपाध्यक्ष राकेश पाण्डेय,पुर्वसचिव जयनारायण यादव,निवेश तिमिल्सिना लगायतको उपस्थिति रहेको प्रेस युनियन बाराका कोषाध्यक्ष अरुण साहले बताएका छन ।