साजिर मन्सूर 

बर्दिबास,असार २१

वन संरक्षण र वातावरणीय संरक्षणका विषयमा सचेतना फैलाउने उद्देश्यले पत्रकार, नागरिक समाज तथा मिडियाकर्मीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मधेसको बर्दिबासमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले अवैध वन कटान, वन्यजन्तु संरक्षण, सामुदायिक वनहरूको भूमिका र वातावरणीय सन्तुलन कायम गर्न सबै पक्षहरूको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

अन्तरक्रियामा सहभागी पत्रकार र मिडियाकर्मीहरूले जनचेतना अभिवृद्धिका लागि सञ्चार माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय स्तरमा वन संरक्षणमा देखा परेका समस्या र समाधानका उपायहरूबारे आफ्ना अनुभवहरू साझा गरेका थिए।

कार्यक्रममा अवैध वन अतिक्रमण नियन्त्रण, डढेलो रोकथाम, सामुदायिक सहभागिता अभिवृद्धि, तथा दिगो वन व्यवस्थापन सम्बन्धी विविध पक्षहरूमा छलफल भएको थियो।

कार्यक्रम स्थानीय तह, वन डिभिजन कार्यालय तथा सरोकारवाला संघसंस्थाको सहकार्यमा सम्पन्न भएको थियो।

 

बन तथा बाताबरण मन्त्रालय सचिव उद्दव बहादुर घिमिरेको अध्यक्षता तथा बन तथा बाताबरण मन्त्रालय मधेश प्रदेशका मन्त्री सन्जय कुमारी यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,प्रदेश बन निर्देशनालयाका निर्देशक जगरनाथ प्रसाद जयस्वाल,अधिकृत नमोनारायण मिश्र,कानुन अधिकृत जितनारायण साह,निरज साह,दिपा पनेरु,विभिन्न जिल्लाका डिभिजनल बन अधिकृत,भु तथा जलाधार कार्यालय प्रमुखहरु धिरु कुमार झा,रमेश पन्डित,रामकान्त साह सहित प्रदेश भित्रका हरेक जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।

oplus_2

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर