साजिर मन्सूर 

कलैया,असार २२

“श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नाराका साथ स्थानिय सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरूबीच श्रमिक अधिकार र जिम्मेवारी विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कलैया उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा कलैयाको सभाहलमा भएको कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिहरू, उद्योग व्यवसायीहरू, श्रमिक संगठनका प्रतिनिधिहरू, मानव अधिकारकर्मीहरू, पत्रकारहरू र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा श्रमिकहरूको योगदानको कदर गर्दै उनीहरूको अधिकारको संरक्षण, सुरक्षित कार्य वातावरण निर्माण र उत्पादनशीलता वृद्धि गर्ने विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले श्रमप्रति सम्मान जनाउने संस्कार विकास गर्न सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए।

स्थानिय सरकारका प्रतिनिधिले श्रमिक हितका लागि नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए भने निजी क्षेत्रका प्रतिनिधिहरूले श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्दै औद्योगिक सम्बन्ध सुधार्न प्रयत्नशील रहने बताएका थिए।

कार्यक्रमले श्रमिक, रोजगारदाता र सरकारबीच आपसी सहकार्य र समझदारी अभिवृद्धि गर्न सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको रोजगार सेवा केन्द्र शाखाका प्रमुख बिबेक गुप्ताले जानकारी गराएका छन ।गुप्ताले कार्यक्रमको प्रकाश पार्दै उपमहानगरपालिका भित्रका बेरोजगारको तथ्यांक संकलन सङ्गै रोजगारदाताको समेत तथ्यांक संकलन गरेको बताए । १ हजार बढी बेरोजगार को तथ्यांक सन्कलन भएको त्यस्तै रोजगारदाताका रुपमा १५० जना रहेको जानकारी गराए । गुप्ताले रोजगार सेवाको काम नै रोजगारदाता र बेरोजगारहरुको लिन्क अप गराउने भएको बताए ।

 

कार्यक्रमको सहजीकरण जीवन श्रेष्ठले गरेका थिए । श्रेष्ठले अहिले देशमा केवल बिदेश जानै पर्ने भास्यको निर्माण भएको प्रती चिन्ता व्यक्त गरे । रोजगारको अवसर बढी निर्माण केवल निजि छेत्रले गर्न सक्ने भएको बताउदै कलैयाका निजि छेत्रले यो बिषयमा सहयोग गरे मात्र यहाको बिकास गर्न सकिने बताए । देशमा हरेक बर्ष ५ लाख बढी श्रम शक्ति थपिदै गएको  बताएका छन ।

श्रेष्ठले रोजगारसँग सम्बन्ध प्रसंगहरू जोड्दै वि.स.२०८३ (सन् २०२६) मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने उदेश्य भएको बताए ।

वि.स. २०८७ (सन् २०३०) सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने , वि.सं. २१०० सम्म मर्यादित र उत्पादनशील रोजगारीका अवसर उपलब्ध गराउने नेपाल सरकारको दीर्घकालीन सोंच र सन् २०२५ – २०३५ दश वर्षे आन्तरिक रोजगार प्रवर्द्धन वर्ष रहेकोले समेत हामिले रोजगारदाता र बेरोजगार लाई जोड्न खोजेको बताएका छन ।

श्रेष्ठले आन्तरिक रोजगारी सिर्जनाका अहिले देखिएका समस्या चुनौतिहरुको बारेमा बताउदै भने

समुदाय स्तरमा उद्यमशीलता विकास सम्बन्धी सोंचको कमि हुनु.

युवाहरूमा श्रम संस्कार नहुनु.

नविनतम् तथा उपयुक्त प्रविधिहरुको अभाव हुनु,

कृषि उत्पादनहरू सहज रुपमा बिक्री गर्ने स्थल पर्याप्त नहुनु,

महिला तथा विपन्न वर्ग लक्षित सीपमूलक तालिमहरू सञ्चालन गर्न आवश्यक बजेटको अभाव हुनु,

भारतको उत्पादन खुल्ला सीमानाहुँदै भित्रिने र ति सामानहरूको मुल्य सस्तोमा बिक्री गर्दा स्थानीय उत्पादनने बजार नपाउनु,

उपलब्ध रोजगार सम्बन्धी कामहरूमा छिमेकी देश भारतका कामदारहरूले काम गरिरहँदा स्थानीय व्यक्तिहरू बेरोजगार हुनु,

व्यवसाय सुरू गर्न तथा विस्तार गर्न पूँजीको अभाव हुनु,

बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिनका लागि कृषक र उद्यमीहरूको पर्याप्त पहुँच नहुनु,

एउटै उद्योग व्यवसाय नगरपालिका र उद्योग कार्यालयमा समेत दर्ता हुनु पर्ने व्यवस्था हुँदा उद्योग व्यवसायीहरूलाई समस्या हुनु,

वैदेशिक रोजगारीका कारण कृषि क्षेत्रमा काम गर्न मानसिकता कम भएको,

वैदेशिक रोजगाबाट फर्केर आएका व्यक्तिहरूको पुँजी, ज्ञान, सीप उत्पादनमूल क्षेत्रमा उपयोग हुन नसक्नु,आदि भएको बताए ।

 

कार्यक्रममा ब्यवसायीहरुले गत बर्ष पनि हामिलाई बोलाएर केवल सहि गराउने र आज एक बर्ष पछि पनि सहि गराउन बोलाएर समय मात्र खेर फाल्ने गरिएको तर एउटा पनि ब्यवसायी मैत्री नीति बनाउन नसकेको प्रती दुख ब्यक्त गरेका छन । हामी केवल कर तिर्न जन्मेको हो र भन्दै सरलारलाई प्रश्न गरेका छन ।

 

कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह,उप प्रमुख रौसन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,विभिन्न वडाका अध्यक्ष,कार्यपालिका सदस्य,शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह,महासचिव रामअशिस साह,विभिन्न छेत्रका सरोकारवाला प्रतिनिधिको सहभागीता रहेको थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर