बिश्वास डेस्क 

असार,कलैया २४ 

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलंकाको बहुराष्ट्रिय कृषि कम्पनी सि.आई.सि एग्रि बिजनेस बीच समझदारीपत्रमा आज औपचारिक रुपमा हस्ताक्षर भएको छ।समझदारीपत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईं र सि.आई.सिका तर्फबाट उप-प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले डिजिटल हस्ताक्षर गरेका हुन्।

यस सम्झौता मार्फत दुवै पक्षले नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्ति प्रणाली विकास गर्ने, प्रविधि हस्तान्तरण तथा अनुसन्धान सहयोग गर्ने, कृषि इनपुटको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने, कृषक सशक्तिकरण कार्यक्रम र तालिम आदान प्रदान गर्ने र व्यापारिक अवसरहरू पहिचान गरी दुवै देशबीचको कृषि व्यापार विस्तार गर्ने लक्ष्य लिएको छ।

समझदारीपत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाईं र सि.आई.सिका तर्फबाट उप-प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले डिजिटल हस्ताक्षर गरेका हुन्।

यस सम्झौता मार्फत दुवै पक्षले नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्ति प्रणाली विकास गर्ने, प्रविधि हस्तान्तरण तथा अनुसन्धान सहयोग गर्ने, कृषि इनपुटको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने, कृषक सशक्तिकरण कार्यक्रम र तालिम आदान प्रदान गर्ने र व्यापारिक अवसरहरू पहिचान गरी दुवै देशबीचको कृषि व्यापार विस्तार गर्ने लक्ष्य लिएको छ।

यो समझदारीपत्रले दुवै देशको कृषि समृद्धि, प्रविधिको पहुँच र कृषक सशक्तिकरणमा नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ।

साभार- बिजमान्डु

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर