बिश्वास डेस्क
कलैया,असार २७
बाराको चर्चित रेडियो बिश्वास एफएम आजबाट ११ औ वर्षमा प्रवेश गरेको छ । वि.सं.२०७२ साल असार २७ गतेबाट सुरुवात भएको भुई तहको आवाज बिहिनको आवाज बन्दै निरन्तर प्रशारण भैरहेको यो रेडियो १० बर्ष पार गरि ११ वर्षमा प्रवेश गरेको हो ।
५०० वाटको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण सुरु गरेको रेडियो बिश्वास हाल पनि १८ घण्टा प्रसारण गर्दै आएको छ ।
रेडियोले हाल २ भाषामा समाचार र ३ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । हाल रेडियोको साथै अनलाइन तथा मोबाइल एपबाट समेत सुन्न सकिने व्यवस्था गरेको छ ।
एफ.एम.का प्रबन्ध निर्देशक साजिर मन्सूरले ११ औं बर्ष प्रवेशको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पुर्याउने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति पनि विशेष आभार प्रकट गर्नुभएको छ ।
साथै उहाँले संस्थाका अध्यक्ष प्रीयन्का दासको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पुरयाउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ ।
स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको बताउदै अध्यक्ष दासले स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
दासले पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई बिश्वास एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको बताईन ।
खासगरी एउटा महिला ले सन्चालन गरेको सन्चार गृह भएका कारण पनि बिश्वास एफएम महिला दिदिबहिनिको उत्थानका निमित बिशेष कार्यक्रम चलाउदै आएको दासले बताईन । यसै बिच रेडियोले बार्षिकोत्सवको अवसरमा विभिन्न समाजिक कार्य गर्ने जनाएको छ ।







