साजिर मन्सूर
कलैया,असार ३०
नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको प्रथम भेला बारा जिल्लाको सदरमुकाम कलैयामा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा मधेस प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भेलाको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री नेपाल सरकारका पुर्व मन्त्री फर्मुल्लाह मन्सूरले गरेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हकअधिकार, सुरक्षा र सामाजिक सम्मानका लागि युनियनले संघर्ष गर्दै आएको बताउनुभयो। उनले हालको सरकार आजै ढाल्नु पर्ने बताएका छन । यो बर्ष नेपाल प्रेस युनियनको अधिवेशनको बर्ष को रुपमा मनाउने तैयारी भएको बताएका छन ।
भेलामा प्रेस युनियनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष प्र केसि,उपाध्यक्ष अनिल कर्ण,महासचिव दिलिप पौडेल,कोषाध्यक्ष माधव धिताल,काङ्ग्रेस नेता एवम प्रेस युनियन बाराका संस्थापक मध्येका डा.शोभाकर पराजुली,काङ्ग्रेस मधेस प्रदेश उप सभापती चन्द्रशेखर यादव,महागढिमाई नगरपालिका का मेयर उपेन्द्र प्रसाद यादव,छेत्रीय सभापति प्रभात चौरसिया,सचिव राजेश भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय पदाधिकारी,सातै जिल्लाका अध्यक्ष प्रतिनिधि,पत्रकार महासंघ जिल्ला अध्यक्षहरु, विभिन्न संघसंगठनका अध्यक्ष प्रतिनिधि,विभिन्न सञ्चार माध्यमका सम्पादक, मानव अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवी र सरोकारवाला निकायका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागिहरूले पत्रकारितामा देखिएका पछिल्ला चुनौतीहरू, सञ्चारकर्मीको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको अवस्था, प्रेस स्वतन्त्रताको संरक्षण, र संगठनात्मक सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
प्रथम भेलाले मधेस प्रदेशमा प्रेस युनियनको संगठनात्मक संरचना मजबुत बनाउने, पत्रकारहरूको हकहितमा कार्यक्रमहरू सञ्चालन गर्ने र पेशागत मर्यादाको पालनाका लागि आचारसंहिता कार्यान्वयनमा जोड दिने निर्णय समेत गरेको छ।
कार्यक्रमको सञ्चालन युनियनका मधेस प्रदेश महासचिव अजय साहले गरेका थिए भने स्वागत बारा शाखा अध्यक्ष श्यामबाबु यादवले गरेका थिए ।







