साजिर मन्सूर 

कलैया,असार ३१

बाराका प्रहरी प्रमुख (एसपी) सन्तोश तामाङ्गले सरकारी सेवा प्रति विश्वास प्रकट गर्दै आफ्नो स्वास्थ्य चेकजाँच कलैयास्थित सरकारी प्रादेशिक अस्पताल अस्पतालमै गराएका छन्।

उनको यो कदमले नागरिकस्तरमा सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाउने र समाजमा सकारात्मक सन्देश फैलाउने काम गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले जनाएका छन। गुप्ताले कलैया अस्पताल पहिले भन्दा अत्यन्तै राम्रो भएको भन्दै सम्पुर्ण जनतालाई निर्धक्क भएर सेवा लिन आउन आग्रह गरे । उनले पछिल्लो समय सरकारले बिमाको पैसा भुक्तानी नगरिदिदा औषधि आपूर्तिमा समस्या भएको स्विकार गरे । उनले सरकारले नै पैसा उपलब्ध नगराउदा हामिले के गर्न सक्छौ केवल सेवाग्राहीको गाली खानु हाम्रो नियती बनेको प्रती दुख व्यक्त गरे ।

एसपी तामाङ्गले स्वास्थ्य सेवा लिनका लागि निजी अस्पताल होइन, कलैयाको सरकारी अस्पताल रोज्नु, आम जनतालाई सरकारी स्वास्थ्य संस्थाको सेवा, गुणस्तर र सुलभताको महत्त्व बुझाउने प्रेरणादायी उदाहरण बनेको बारा नागरिक समाजका अध्यक्ष उमेश लाल दासले भने । दासले यस किसिमले जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले समेत सरकारी अस्पतालमा सेवा लिन शुरु गरे आम जिल्लाबासिको समेत सरकारी अस्पताल प्रतिको नकारात्मक बुझाई मिटिदै जाने भन्दै एसपी तामाङ्गलाई धन्यवाद दिए ।

स्वास्थ्य परीक्षणपछि एसपी तामाङ्गले भने, “सरकारी अस्पतालमा दक्ष डाक्टर र आवश्यक उपकरण छन्। हामी आफैंले विश्वास नगरेसम्म जनताले कसरी विश्वास गर्ने?”

उनको यो व्यवहारले न केवल प्रहरी प्रशासनको जनमुखी सोच प्रस्तुत गरेको छ, तर सरकारी सेवाप्रति नागरिकको भरोसा कायम गर्न समेत मद्दत समेत गरेको छ।

स्थानीयबासी र अस्पताल प्रशासनले पनि एसपी तामाङ्गको यस कदमको खुलेर प्रशंसा गरेका छन्।

 

यता गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादवले एसपी तामाङ्गको सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने निर्णय एउटा सानो कार्य देखिए पनि यसले समाजमा ठूलो मनोवैज्ञानिक प्रभाव पारेको बताए । यो कार्यले सरकारी सेवाको प्रयोग र प्रवर्द्धनका लागि सबैलाई प्रेरित गर्ने उनले बिश्वास ब्यक्त गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर