साजिर मन्सूर
कलैया,साउन ३
राजदेबी सांङ्गितिक समूह एवम बोलबम कावर संघ कलैया को सयुक्त आयोजनामा श्रावण पबित्र महिनामा कलैयाको प्रमुख शिवालय श्री सिदेश्वर महादेव मन्दिर प्राङ्गणमा आज बृहत सर-सफाई कार्यक्रम सम्पन्न गरिएको छ । खासगरी दर्शनार्थीको सहजताका लागि तथा सो छेत्रको समुचित सरसफाइ का लागि हरेक बर्ष यो समुहले सो स्थानमा सरसफाइ गर्दै आएको हो । सो स्थानमा हरेक बर्ष प्रत्येक सोमबार मेला लाग्दै आएको छ ।
उक्त कार्यक्रममा विशेष उपस्थिति श्री सिदेश्वर माबी को व्यवस्थापन समितिका अध्यक्ष मनिन्द्र नाथ शर्मा ,समाज सेबि डा. रामानन्द यादव ,कावर संघका अध्यक्ष कर्दम श्रेष्ठ ,राजदेबी सांङ्गितिक समूहका अध्यक्ष निरज नेपाली ,उपाध्यक्ष सागर आचार्य ,सचिव धिरेन्द्र शर्मा ,कोषाध्यक्ष सुबोध पुडासैनी ,सदस्य प्रमिशा नेपाल,अन्जु अर्याल ,कमला अर्याल,लक्ष्मी भट्टराई ,रेनुका सपकोटा,संजिता साह,रानी नेपाली, रिन्की शर्मा ,अनिता कर्माचार्य कावर संघ का सरोज साह, ॐ प्रकाश यादव, राजा राम यादव,राम नारायण जि लगायतकाको उपस्थिति रहेको थियोे ।







