कलैया ।युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ का क्यान्सर पीडित बिजय साहलाई नगद रु २६ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।

शुक्रवार बिहान ९ बजे पीडित साहको घरमा पुगि युवा संघ नेपालका कलैया नगर कमिटीका अध्यक्ष हरिओम साहको अगुवाइमा गएको प्रतिनिधि मण्डलले नगद राहत स्वरुप हस्तान्तरण गरेको हो ।

साह ब्लड क्यान्सरले केही दिनबाट पीडित रहेका छन् । आर्थिक अवस्था कमजोर रहेको साहका एक छोरा र दुई छोरी रहेको संघका अध्यक्ष हरिओम साहले बताउनुभयो । राहत हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका जिल्ला उपाध्यक्ष एवम बारा क्षेत्र नम्बर ४ का प्रत्यासी उम्मेदवार देवनारायण चौधरी, जिल्ला कमिटी सदस्य ध्रुव यादव, सुरेश मोदक, नेकपाका नेता अरुण खानाल, बिक्रम ठाकुर, युवा संघ नेपाल बाराका अध्यक्ष राम यादव, जिल्ला सदस्य शशी दास, नगर कमिटी सचिव जितेन्द्र साह, कोषाध्यक्ष तारिफ अन्सारी, लौतनका समाजसेवी संजय तिवारी लगाएतको उपस्थिति रहेको थियो ।

सहयोगीहरुले ईश्वरसँग साह छिटै संक्रमणबाट निको होस भन्ने कामना गरेको नगर अध्यक्ष हरिओम साहले जानकारी दिनुभयो । युवा संघले केही दिनदेखि आम जनता, व्यापारी, व्यवसायीसँग चन्दा संकलन गरेर समाजिक कार्यमा उदाहरणीय काम गरिरहेको छ ।

यस अगाडि पनि विभिन्न स्थानीय तह एवम समाजिक संघ संस्था तथा समाजसेवीहरुले व्यक्तिगत रुपमा पनि क्यानसर पीडित साहलाई आर्थिक एवम आवश्यक सहयोग गरिसकेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर