साजिर मन्सूर 

कलैया, साउन ७

संघीय सरकारले मधेस प्रदेशलाई बिपद सन्कट ग्रस्त छेत्र  घोषणा गरिसकेको छ। तर बारा जिल्लाको उत्तरी भेगमा दर्जनौं रिसोर्ट तथा होटेलहरूले जमिनमुनि सन्चित पानी दमकलमार्फत निकालेर स्विमिङ पुलमा प्रयोग गरिरहेका छन्। कतिपय स्थानमा दिनभर — झन्डै १८ घण्टासम्म — लगातार पानी फालिँदै आएको पाइएको छ। खासगरी उतरी भेगको

औराहा,जितपुर,सिमरा,डुमरबाना,रजघट्टा,बदाफर,पिलुवा लगायतका दर्जनौ स्थानमा स्विमिङ्ग पुलको नाममा जमिन मुनिको सन्चित पानी अत्यधिक मात्रामा दोहन भैरहेको स्थानियले बताएका छन ।

 

पानीको चरम अभाव झेलिरहेका जिल्लाको हजारौं स्थानीय भने, खानेपानीका धारामा बूंद नआएर प्यासले छटपटाइरहेका छन्। सरकारी र ब्यक्तिगत कल हरू सुकेका छन्, तर ठूला होटेल र व्यवसायीक प्रतिष्ठानहरूमा भने, भूगर्भीय पानीको व्यापक दोहन खुलेआम जारी छ।

यस बिषयमा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अहिले पानीको चरम संकट भएका बेला झन राज्यले समेत सुख्खा छेत्र घोषणा गरेकाले सबै जिल्लाबासिमा आवस्यक मात्र पानी प्रयोग गर्न आह्वान गरे । उनले जमिन मुनिको सन्चित पानी अनावश्यक रुपमा निकालेर नालामा खेर फाल्ने तथा नदिमा निरन्तर बगाउने माथी कानुनी रुपमा अगाडि बढ्ने बताएका छन। प्रजिअ ले छिटै त्यस्ता स्विमिन्ङ्ग पुल,होटेल तथा अन्य सम्बन्धित स्थानमा हाम्रो टोलि अनुगमन मा जाने बताएका छन । पानीमा सारा नागरिकको समान अधिकार हुने भएकाले समानुपातिक रुपमा सबैले सहज रुपमा स्वच्छ पानी खान पाउनुपर्नेमा उनले जोड दिएका छन।

नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास भन्छन, “हामी बिहानदेखि बेलुकासम्म पानीको जोहोमै लाग्छौं, तर माथिल्लो क्षेत्रमा ठूला होटेलहरूले दिनभर जमिनमुनिको पानी पोखिरहेका छन्। यो अन्याय हो।”उनले स्थानीय प्रशासन र स्थानिय तहले यसमा गम्भीर नबनेको बताए ।

विज्ञहरूका अनुसार भूमिगत पानीको यति उच्च स्तरमा दोहन गर्नु दीर्घकालीन रूपमा खतरनाक छ। भूजल स्तर झन् तल जाँदा आगामी वर्षहरूमा अझ भयावह जलसंकट निम्तन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

स्थानिय सरकार र सम्बन्धित निकायले परिस्थिति नियन्त्रणमा लिन तत्काल नीति कार्यान्वयन गर्न आवश्यक देखिन्छ।

अब प्रश्न उठ्छ — जब जनता एक गिलास पानीका लागि संघर्ष गरिरहेका छन्, के रमणीय सुविधा र व्यापारिक मुनाफाका नाममा पानीको यसरी दोहन जायज मान्न सकिन्छ?

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर