बिश्वास डेस्क
कलैया-साउन १४
पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम शुरू गराए देखी पचरौता नगरबासीको अनुहारमा खुशियाली छाएको छ।
वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगर सरकारले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरुले नगर सरकारलाई धन्यबाद पनि दिएका छन्। सो भेगका किसानहरु सिचाईं सञ्चालन भएपछि धान गहुँ मसुरी र तरकारी खेति गरेर किसानको आम्दानी बढ्ने भएकाले बाँध निर्माण कार्य सुरु भएपछि दक्षिणी भेगका किसान निकै खुसी भएका हुन ।
आदर्श कोतवाल गाउँपालिका अन्तर्गतपर्ने जमुनी नदीमा बाँध निर्माण भएपछि पचरौताका करिब २५ गाउँमा सिंचाई सुविधा पुग्ने बताइएको छ। वर्षाको आसमा किसान निरास भएपछि नगर प्रमुख जलन्धर सिंहले बाँध निर्माणका लागि पहल गरेका हुन् ।
बाँध निर्माण कार्य तादरुकताका साथ गर्न नगरप्रमुख आफैँ निर्माण स्थलमा पुग्ने गरेका छन। नगरप्रमुख सिंहले तीन चार दिनभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको बताएउदै आएका छन । बाँध निर्माणबाट पचरौताका ३,४,५,६,७ र ८ नम्बर वडाका पन्द्र सय भन्दा बढी किसान सँगै आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ़ नगरपालिकाका केही किसानहरु पनि सिंचाई गरेर लाभान्वित हुने उहाँले बताउनुभयो ।
जमुनी नदीमा चुरे जङगलबाट आउने पानी खेतमा गएपछि थोरै रसायनिक मल प्रयोग गर्दा पनि राम्रो उत्पादन हुने भएकाले दक्षिणी भेगका किसानका लागि जमुनी बाँध निर्माणले निकै उपलब्धी हुने अर्का स्थानीय कृषकहरु खुसी व्यक्त गरेका छन ।
बाँध निर्माण कार्य स्थलमा नगर प्रमुख सँगै उपनगर प्रमुख नसीमा खातुन, प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशी, पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव, विनय सिंह, गगनदेव प्रसाद यादव, वडा सदस्यहरु, समाजसेवी नेवाजी मियाँ अंसारी, प्रभु ठाकुर, भैया राम सहनी,लगायतकाले यसलाई छिटो निर्माण गर्न मेयरलाई सल्लाह दिदै आएको शिक्षा शाखा प्रमुख मुकेश सिंहले जानकारी गराएका छन ।







