कलैया, साउन १४ गते बुधबार
महिनौ देखि ट्रान्सफर्मर बिग्रेर बिधुतको समस्या भोगिरहेका बाराको पचरौता वडा नम्बर ४ बेलदारीबासीको लागि नगर प्रमुख जलन्धर सिंहले नयाँ ट्रान्सफर्मर जडान गरिदिएपछि स्थानीय निकै हर्षित भएका छन ।
लामो समयदेखि ट्रान्सफर्मर बिग्रेर बिधुत आपूर्ति बन्द भएका कारण घरायसी काम काजदेखि लिएर ब्यवसायिक तथा कृषि गतिबिधिसम्म प्रभावित हुँदै आएको थियो। तर बुधबार उक्त समस्या समाधान गर्दै नयाँ ट्रांसफर्मर जडान गरिए सँगै स्थानीयबासीमा राहतको अनुभूति भएको छ। समस्याको स्थायी समाधानका लागि पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहको बिशेष पहलमा पुरानो क्षमताबिहीन ट्रांसफार्मर हटाई गुणस्तरीय र क्षमतावान ट्रान्सफार्मर जडान गरिएको छ।
स्थानीय स्तरमा लामो समयदेखि उठाइएको समस्यालाई नगर प्रमुखले नयाँ ट्रान्सफार्मर खरीद गरी समाधान पुर्याएका हुन।
नगर प्रमुख सिंहले स्थानीय जनताको समस्याप्रति चासो देखाउँदै समय मै पहल गरेका कारण समस्या समाधान सम्भव भएको एक स्थानीयले बताए।
बेलदारीका स्थानीय बासिन्दाहरुले आफ्नो समस्यालाई समय मै सम्बोधन गरीदिएकोमा नगरप्रमुखलाई धन्यबाद ब्यक्त गरेका छन।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर