बिश्वास सम्बादाता 

कलैया,साउन २१

आमा र शिशुको सुरक्षा हामी सबै गम्भीर हुनुपर्ने जिल्ला समन्वय समितिबाराका सभापति नरेन्द्र कुमार साहले जोड दिएका छन ।

आज जिल्ला समन्वय समिति बाराको सभाहलमा नवशिशु जिल्ला परियोजना सल्लाहकार समितिको बैठकको प्रमुख अतिथि समेत रहेका सभापति साहले यस्तो बताएका छन ।

जिल्लामा रहेका बर्थिग सेन्टर व्यवस्थापन गर्दा आमा र शिशुको ज्यान जोगिने भएकोले पालिका प्रमुख सङग समन्वय गरेर बर्थिग सेन्टर ब्यस्थित गर्ने आफू पहल गर्ने वहाले बताए ।

one heart को आर्थिक सहयोग, जनजागरण युवा क्लबको सहजीकरण र स्थानीय सरकारको समन्वय संचालित उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव ,जिल्ला समन्वय समितिका समन्वय अधिकारी अनुम ढकाल,राधेन्द्र कर्ण ,पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी,सरो अधिकारी ,कलैया उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादव ,रेडक्रसका सन्तोष नेपाल लगायतले सल्लाह सुझाव दिएका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर