बिश्वास सम्बाददाता
कलैया,साउन २६
मधेस मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा र नेपाल पत्रकार महासंघ बाराको सहकार्यमा पत्रकार आचारसंहिता तथा पत्रकारका समस्या विषयमा सदरमुकाम कलैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पत्रकार महासंघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले दलिय आस्था भए पनि पत्रकार कहिल्यै कसैको गुलाम नहुने बताएका छन्। उनले पत्रकारले समाजको आवश्यकता अनुसार समाचार प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै रेकर्डिङ तथा फोटो खिच्दा अनुमति लिनुपर्ने र विज्ञापन एकद्वार प्रणालीमार्फत गर्नुपर्ने आवश्यकता औंल्याएका छन । यसका लागि नेपाल पत्रकार महासंघ ले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । यादवले संघीयताको मर्म अनुसार प्रदेश सरकारले प्रदेश भित्रका सन्चार गृह र स्थानिय सरकारले स्थानिय स्तरका सन्चार माध्यमलाई सहयोग गर्नुपर्ने तर यहाँ अहिले पनि काठमाडौं का सन्चार माध्यम हाबी भएको देख्दा अचम्म लाग्ने बताउदै सबै ले यश बिषयमा गम्भीर हुन जरुरी रहेको बताए ।
कार्यक्रममा मधेस मिडिया काउन्सिलका सदस्यहरू बन्दना झा, रिन्कु मिश्र गायत्री, मनु पासवान लगायतले सामाजिक सञ्जाल र युट्युबरहरूले वास्तविक पत्रकारिता र समाचारलाई ओझेलमा पारिरहेको धारणा राखेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मन्सुर,पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायत बारा जिल्लाका पत्रकारहरूको उपस्थिती रहेको थियो।







