साजीर मन्सूर 

कलैया,साउन २९

कलैया उपमहानगरपालिकामा किशोरी सशक्तिकरण र दिगोपनामा प्रभावकारिता परियोजना अन्तर्गत पालिका स्तरिय समीक्षा तथा समापन कार्यशाला आज सम्पन्न भएको छ।

 

कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह,उप मेयर रौषन प्रविण,निमित प्रमुख प्रशासकिय अधिकृत ईन्जिनियर माधव यादव,शिक्षा शाखा प्रमुख राजिव यादव,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,३ का अध्यक्ष मोहन साह कानु,वडा नम्बर १० का अध्यक्ष महमद साबिर मिया ठकुराई,२४ का अध्यक्ष हिरालाल चौधरी,श्री ३ चन्द्र माबीका प्रधानाध्यापक नरेन्द्र गिरि,श्री जनता माबी कलैया भवानिपुरका प्रधानाध्यापक लालबाबु जयस्वाल,श्री नेरा माबी मटिअर्वाका प्रधानाध्यापक रामबाबु कुश्वाहा,श्री नेरा माबी मनहर्वाका प्रधानाध्यापक हरिकिशोर कुवर,स्वास्थ्य शाखा प्रमुख मनोज यादव,महिला तथा बालबालिका शाखा प्रमुख नेहा केशरी,सामुदायिक सिकाई केंद्र का अध्यक्षहरु लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक संस्था, महिला समूह, किशोरी प्रतिनिधि तथा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा परियोजनाले लक्ष्य समूहमा पुर्‍याएको प्रत्यक्ष प्रभाव, सिकाइहरू, चुनौतीहरू तथा आगामी दिनमा दिगोपनाका लागि अपनाउनुपर्ने उपायहरूबारे विस्तृत चर्चा गरिएको जेम्स परियोजना बारा पर्सा प्रमुख रामप्रवेश यादवले जनाए । उनले यो परियोजनाको अन्त्य भएको र यसलाई अब पालिकालाई हस्तान्तरण गर्न लागेको र अब बाट कलैया उपमहानगरले यसलाई अपनत्व लिएर सन्चालन गर्नेमा बिश्वस्त भएको बताए ।

कलैयाको ४ बिधालयमा २९ जनाको दरले सन्चालन गरिएको परियोजनाको लक्ष्य मुख्य लक्ष्य किशोरीहरूको शिक्षा र स्वास्थ्य तथा महिला र बालिकाको सशक्तिकरणमार्फत नेपालमा समावेशी समाज र समान विकासको प्रवर्द्धन गर्नु रहेको यादवले बताए ।

 

 सहभागीहरूले किशोरीहरूलाई शिक्षामा पहुँच विस्तार, सीप विकास, आत्मविश्वास अभिवृद्धि, तथा लैंगिक समानताको प्रवर्द्धनमा परियोजनाले दिएको योगदानलाई उच्च मूल्याङ्कन गरेका थिए।

पालिका प्रमुख बिनोद साहले किशोरी सशक्तिकरणका कार्यक्रमहरूलाई आगामी वर्षमा पनि प्राथमिकतामा राखिने उल्लेख गर्दै, स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 परियोजना सञ्चालनमा सहयोग पुर्‍याउने संस्था र व्यक्तिहरूलाई समेत धन्यवाद ज्ञापन गर्दै कार्यशालाको औपचारिक समापन गरिएको थियो।

 

ब्रीटिस काउन्सिल,भिएसओ नेपालको सहयोग तथा आसमान नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजीकरण परियोजना प्रमुख यादवले गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर