साजिर मन्सूर 

कलैया,भदौ ६ 

श्री दुर्गा माध्यमिक विद्यालयमा एक जना बाल विकास सहजकर्ता पद पूर्तिका लागि सञ्चालन गरिएको लिखित परीक्षा स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न भएको छ।

यस पदका लागि कुल ५८ जनाले फाराम दर्ता गराएका मध्ये ४२ जना परीक्षार्थीले शुक्रबारको परीक्षामा सहभागिता जनाएको परिक्षा केंद्र प्रमुख लालबाबु जयस्वालले जनाए । परीक्षा कलैया उपमहानगरपालिका का मेयर बिनोद साहको निगरानिमा शिक्षा शाखाको प्रत्यक्ष समन्वय तथा सरोकारवालाको उपस्थितिमा कडाईका साथ सञ्चालन गरिएको हो।

शिक्षा शाखाका अधिकारीहरूले परीक्षा प्रक्रियामा कुनै पनि किसिमको अन्योल, धाँधली वा पक्षपात नहोस् भन्ने उद्देश्यका साथ कडाइ अपनाइएको बताएका छन्। “बाल विकास सहजकर्ता पद बालबालिकाको सिकाइ र प्रारम्भिक विकाससँग प्रत्यक्ष सम्बन्धित भएकाले योग्य, दक्ष र इमानदार उम्मेदवार छनोट गर्नु हाम्रो प्राथमिकता हो,” मेयर साहले बताए।

विद्यालय परिसरमा परीक्षार्थीलाई सहज वातावरणमा परीक्षा दिन सक्ने व्यवस्था मिलाइएको थियो भने परीक्षा अवधिभर सुरक्षाकर्मीको उपस्थिति समेत सुनिश्चित गरिएको थियो।

श्री दुर्गा माबिका ब्यवस्थापन समिति अध्यक्ष औधेश यादव द्वारा गोलाप्रथाबाट निकालिएको नाममा बिषय बिज्ञमा बिरेन्द्र प्रसाद साह र राकेश यादवको नाम आएपछि वहाँहरुलाई बोलाएर प्रश्न तयार गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले जनाए ।

 

परिणाम सार्वजनिक गर्ने कार्य पनि निष्पक्षताका आधारमा भोलि शनिबार लिखित परिक्षा सकिए पछि भोलि नै प्रकाशित गरिने शिक्षा शाखा प्रमुख यादवले ले भने ।

 

परिक्षा अवधिभर शिक्षा समिति सदस्य महमद सगिर,मनोज जयस्वाल, श्री दुर्गा माबिका प्रधानाध्यापक मनोज यादव,श्री ३ चन्द्र माबी का प्रधानाध्यापक नरेन्द्र कुमार गिरि,दुर्गा माबिका शिक्षक मनोज पवन यादव,बिहारी महतो कोईरी,देव कुमार,सिकिन्द्र अन्सारी सहितको उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर