साजिर मन्सूर 

कलैया, भदौ ७ 

समा चकवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा भव्यतापूर्वक सम्पन्न गरेको छ। संस्थाको सभाहलमा आयोजित साधारणसभामा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा आर्थिक वर्षको प्रगति विवरण, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरिएको थियो। साथै सहकारीमार्फत सदस्यहरूको आर्थिक सशक्तिकरणका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवालाहरूले संस्थाले विगत वर्षमा पुर्‍याएका उपलब्धि, सदस्यहरूको लगानी सुरक्षा तथा पारदर्शितामाथि विशेष जोड दिएका थिए।

साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गरेको छ।

संस्थाको २७ लाख कुल पूंजी कारोबार भएको जनाईएको छ ।

संस्था अध्यक्ष लक्ष्‌मी प्रसाद चौधरीको अध्यक्षता तथा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उदय शंकर चौधरी, आमोद चौधरी,सत्येन्द्र ठाकुर,मनिन्द्र नाथ, रामचन्द्र चौधरी लगायतका को उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर