साजिर मन्सूर 

कलैया,भदौ ९

परवानीपुर गाउँपालिकाले वडा नम्बर ५ बहुअरिको मुल बाटोका बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । गाउपालिकाको प्रवक्ता महमद नुरुल होदा अन्सारीले एक बिज्ञप्ति जारी गर्दै सो जनाएका छन ।

बिज्ञप्तिमा भनिएको छ ।

विगत केहि दिन देखि यस परवानीपुर गाउँपालिका बाराको वडा नं 5 बहुअरीको मुल बाटोको विषयमा सोहि गाउँका केहि व्यक्तिहरुले सर्व दलिय बाटो निर्माण संघर्ष समिति नै गठन गरि केहि दिन देखि बाटो निर्माणको कार्यलाई अवरोध गर्ने तथा विभिन्न संचार माध्यमबाट समेत भ्रामक सूचना प्रसार प्रचार भएको प्रति कार्यालयको गम्भिर ध्यान आकर्षण भएको छ। सो सन्दर्भमा यस कार्यालयबाट विगत देखि नै बहुअरिको मुल बाटो बनाउनको लागी यस कार्यालयबाट विगत 3 बर्ष देखि योजना तथा बजेट विनियोजन भइ सोहि गाउँका केहि व्यक्तिले राजनैतिक स्वार्थ राखि बाटो नै बन्न नदिने मन्सायले विभिन्न बहानमा अवरोध गर्दै आएको कुरा सर्वविदतै छ। सोहि सन्दर्भमा यस परवानीपुर गाउँपालिकाको कार्यालयबाट विगत देखि नै वडा कार्यालय, वडा बासिको सामुहिक भेला, न्यायीक समितिको निर्णय, कार्यापालिकाको निर्णय तथा गाउँ सभाको निर्णय बमोजिम नै यो आर्थिक बर्षमा काम सूरु गरिएको भए ता पनि कानुनी उपचार नखोजि राजनैतिक प्रतिशोध राखि कार्य नै हुन नदिने मन्सायले सोहि वडाका केहि व्यक्तिले संघर्ष समिति गठन गरि गाउँ बासि तथा संचार माध्यमालाई भ्रमित गर्ने कार्य गरेको ले सोहि विषय संग सम्बन्धित यस कार्यलयको हाल सम्मको निर्णय लाई सर्वसधारणको लागी सार्वजनिक गरिएको छ ।

 

यस परवानीपुर गाउँपालिकाको वडा नं. 5, बहुअरी अन्तर्गत बहुअरी गाउँको मूल बाटो निर्माण गर्ने सम्बन्धमा मिति 2080/10/20 गते वडा नं.5 को वडा अध्यक्ष श्री रामेश्वर प्रसाद कलवार ज्यूको अध्यक्षतामा बसेको स्थानीय पंच, भद्रभलादमीहरु तथा बुद्धिजीविहरुको उपस्थितिमा बसेको बैठकमा बहुअरीको मूलबाटोबाट 12.5 फिट दायाँ र 12.5 फिट बायाँ गरी कुल 25 फिटको सिमा क्षेत्र भित्र परेका पक्की घर, टहरा, झोपडी ईत्यादि खाली गरी नाला तथा सडक निर्माण गर्नको लागि सर्वसमतिबाट निर्णय भयो । सो निर्णयको आधारमा आ-आफना पक् की घर, टहरा, झोपडी ईत्यादि खाली गर्नको लागि पटक पटक गरी तीन पटक सार्वजनिक सूचना जारी गरियो। तत्पश्चात सो बमोजिम नै नाला तथा सडक निर्माण काम सुरु भएपछि मिति 2081/03/04 गते गाउँका केही मानिसहरु 21 फिटको बाटो निर्माण गर्नको लागि सबै जनाको हस्ताक्षर सहित 21 फिटको बाटो निर्माण गर्नको लागि यस परवानीपुर गाउँपालिकाको न्यायिक समितिको कार्यालयमा उजुरी/निवेदन पेश गरे। परवानीपुर गाउँपालिकाको वडा नं.5 बहुअरी मुल बाटो नाला सहित 23 फिट बाटो निर्माण गर्न तथा सो क्षेत्रभित्र परेको घर टहरा भत्काई हटाउनको लागि मिति 2081/03/17 गतेको बसेको न्यायिक समितिको बैठकले निर्णय गर्यो। निर्णय पश्चात कार्य पुन अवरोध भइ यथास्थितिमा रोकियो । त्यसपछि पुन मिति 2082/01/28 गतेको बाटोसँग प्रत्यक्ष सरोकार राख् ने स्थानीय भरभलादमी, वडा समिति लगायत विभिन् न राजनैतिक दलका अगुवाहरुको संयुक्त हस्ताक्षर सहित मुख्य सडक बनाउनको लागि पुर्ण रुपले सबै जना जे-जुन अवस्थामा सडक रहेको छ सोही बमोजिम नाप नक्सा गर्नको लागि न्यायिक समितिमा निवेदन पेश गरे। सो काम मिति 2082/01/31 गतेको कार्यादेश पत्र अनुसार न्यायिक समितिको निर्णय बमोजिम हुनेगरी सुरु गर्न उपभोक्ता समितिलाई पत्राचार गरियो र सो पश्चात न्यायिक समितिले च.नं. 1822, मिति 2082/02/19 गतेको पत्रमार्फत बाटोको सम्बन्धमा वडा नं. 5 को वडा समिति बाट राय/सल्लाह माग गर्यो र वडा नं.5 को वडा समितिको मिति 2082/02/21 गतेको निर्णय तथा पत्रमार्फत न्यायिक समितिमा पेश गरिएको मिति 2082/01/28 गतेको निवेदन बमोजिम नै बाटो कायम गर्न राय सल्लाह प्राप् त भयो र सो पश् चात परवानीपुर गाउँपालिका वडा नं. 5 बहुअरी गाउँको मुल सडक के कति फिट कायम गर्ने गराउने सम्बन्धमा मिति 2082/02/29 गते बसेको न्यायिक समितिको बैठकले थप निर्णयको लागि कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गर्यो र मिति 2082/02/30 गतेको कार्यपालिका बैठकबाट सो वडाको मुल बाटो वडा नं.5 को वडा समितिको निर्णय बमोजिम नै बनाउनको लागि निर्णय गर्यो साथै उक्त निर्णय यस परवानीपुर गाउँपालिकाको मिति 2082/03/14 गतेको गाउँसभाको 16 औं अधिवेशनबाट सर्वसहमतिबाट स्वीकृत भएको र सोहि निर्णयबमोजिम मुल सडकको कार्य अगाडी बढाइएको छ ।

 

साथै पहिलो निर्णय अनुसार 25 फिट फराकिलो सडक बनाउदाँ न्युन्तम 100 निजि घर पर्खाल भत्काउनु पर्ने अवस्था छ। 23 फिट चौडा सडक गर्दा 97 घर र पर्खाल साथै 21 फिट गर्दा 88 घर पर्खाल भत्काउनु पर्ने अवस्था रहेकोले सबै को मुआवजा दिने तथा सबैले सडकको लागी आफनो निजि जग्गा दिन समेत सहमति नरहेको र हाल अन्तिम निर्णय बमोजिम यथा स्थितिमा सडक बनाउदाँ विनियोजित योजना तथा कार्यक्रमबाट न्युनतम 19 फिट तथा अधिकतम 21 फिट सडक ढलान हुने अवस्था रहेको छ।

पछी केहि स्थानमा 17 देखि 19 फिट सम्म सडक बन्ने अवस्था रहेकोले बहुअरी गाउँको वरिपरि हाईवे रोड समेत रहेको अवस्थामा यथा स्थितिमा सडक निर्माण गर्दा उपयुक्त नै रहेको कारणले 16 औ गाउँ सभाबाट यस निर्णयलाई अनुमोदन गरिए पश्चात कार्यवन्यको प्रक्रियामा गएको अवस्था छ। तर केहि व्यक्ति राजनैतिक तथा व्यक्तिगत स्वार्थ राखि सडक बन्न नदिने विभिन्न बहानमा आम जनता तथा संचार माध्यमलाई समेत भ्रमित गरि सडक निर्माण अवरोध गरेको ले यस पालिकाबाटि कानुनी प्रक्रिया पुर्याई नियम सम्बत उक्त सडक निर्माण गराइने व्योहोरा सर्बसधारणको लागी जानकारी गराईन्छ। साथै यस्तो गैर जिम्मेवार पुर्वक भ्रम फैलाउने कार्य तथा सडक अवरोध कार्य लाई त् तकाल रोकि पालिकामा छलफल गरि निकास तर्फ गई सार्वजनिक कार्यलाई निरन्तरता को लागी सबैमा हार्दिक अपिल समेत गर्दछौ ।।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर