बिश्वास सम्बादाता 

फेटा,भदौ ८

बाराको फेटा गाउँपालिकामा अपाङ्गता भएकाहरूलाई गाउपालिकाले सहयोग गर्ने उद्देश्यले ह्विलचियर वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उपाध्यक्ष निलम साहको संयुक्त पहलमा एक कार्यक्रमका बिच वास्तविक अपाङ्गता प्रमाणपत्र प्राप्त लाभग्राहीहरूलाई ह्विलचियर प्रदान गरिएको गाउपालिकाले जनाएको छ ।

कार्यक्रमले स्थानीय तहबाट सामाजिक समावेशिता, सहजीकरण र पहुँच सुनिश्चित गर्ने प्रयासलाई थप सबल बनाएको छ।
फेटा गाउँपालिकाको नेतृत्वले अपाङ्गता भएका नागरिकहरूको सहज आवागमन तथा आत्मनिर्भर जीवनशैली निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो पहल गरेको अध्यक्ष अन्सारीले जनाए ।

कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले भने, “फेटा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने दिशामा यस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।”

त्यसैगरी उपाध्यक्ष निलम साहले समाजमा समान अवसर सुनिश्चित गर्न सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, सेवा प्रवाहमा पारदर्शिता र पहुँचको सुनिश्चितता गाउँपालिकाको प्राथमिकता रहेको बताईन।

कार्यक्रममा सहभागी लाभग्राहीहरूले ह्विलचियर पाउँदा खुसी व्यक्त गर्दै गाउँपालिका तथा नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका थिए।

उक्त अवसरमा नेपाल अपाङ्ग संघ बाराका अध्यक्ष गङ्गा वाग्ले लगायतकाको उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर