साजिर मन्सूर
कलैया, भदौ १०
गौरा सामुदायिक सिकाई केन्द्र कलैया २४ द्वारा तिजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा केन्द्रमा अध्ययनरत महिला दिदीबहिनीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा कविता वाचनमार्फत तिज पर्वको महत्व झल्काएका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले तिजलाई महिलाको संस्कृति, धर्म र आत्म अभिव्यक्तिको पर्व भएको बताउँदै यसले महिलाबीच एकता, आत्मबल र सामाजिक सद्भाव बढाउने उल्लेख गरे।
स्थानीय सरोकारवालाहरूको समेत सहभागिता रहेको कार्यक्रममा महिलाहरूले हरितालिका तिजलाई आफ्नो अधिकार र सशक्तीकरणसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरूले दर खाने, नयाँ पहिरनमा सजिने र सामूहिक रमाइलो गर्ने परम्परालाई निरन्तरता दिँदै उल्लासपूर्वक तिज पर्व मनाएका थिए।
गौरा सामुदायिक सिकाई केंद्रको अध्यक्ष रामकैलाश चौधरीको अध्यक्षता तथा नेपाल शिक्षक संघको मधेस प्रदेश सदस्य एवम श्री नेरा आबि श्रीपुर को प्रधानाध्यापक मिना कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि वडा सदस्य लखपतिया देबि,साक्षर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष साजिर मन्सूर,,महागढिमाई सामुदायिक सिकाई केंद्रका अध्यक्ष प्रकाश चौरसिया,सरस्वती सामुदायिक सिकाई केंद्रका अध्यक्ष सन्जय यादव,परिचालक स्वस्तिका बन्ठा सहित वडा भरिका महिलाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन महिला नेतृ रुणा चौधरीले गरेकी थिईन ।







