साजिर मन्सूर 

कलैया,भदौ १४

नेपालिको महान चाड दशैंलाई लक्षित गर्दै कटिया स्टेशन कलैयाले आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । दशैं अफर अन्तर्गत प्रत्येक २ हजार रुपैयाँको खरिदमा ग्राहकले एउटा कुपन प्राप्त गर्नेछन् ।

 

उक्त कुपनमार्फत गोलाप्रथा प्रणाली लागू गरिनेछ जसबाट भाग्यमानी ग्राहकलाई थाइल्यान्ड भ्रमण गर्ने अवसर दिलाइने कटिया स्टेशनका सन्चालक युवा ब्यवसायी सरोज गुप्ताले जनाएका छन । साथै अन्य आकर्षक उपहारहरू पनि विजेताले पाउनेछन् ।

प्रबन्धक सन्जय गुप्ताका अनुसार अन्य उपहारमा दोश्रो पुरस्कार नगद २५ हजार पुरस्कार,तेस्रोमा रेडमी मोबाईल,चौथोमा टाईटन घडी र पाचौमा ४ जनालाई २५ सय बराबरको फुड भौचर उपलब्ध गराईने छ ।

 

कटिया स्टेशनका सञ्चालकका अनुसार दशैंको अवसरमा ग्राहकलाई खुशी र उत्साहित बनाउन यो योजना ल्याइएको हो । उनका अनुसार “ग्राहकहरूको निरन्तर विश्वास र साथकै कदर स्वरूप यस वर्ष विशेष अफर सुरु गरिएको छ, जसले ग्राहकलाई उत्साहका साथ खरिदमा प्रेरित गर्नेछ ।”

 

यस अफरले दशैं पर्वलाई थप उत्सवमय बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर